logo

आफनै बुहारीलाई बलात्कार प्रयासको आरोप लागेका अधिवक्ता गिरफतार

      5/24/2018 गते 00 00 मा प्रकाशित     671   पटक पढिएको

बीरगंज   १० जेठ । जबरजस्ती करणी उद्योगमा फरार रहेका ५० वर्षिय शेष मन्सुर बाबुलाई ०७५ जेठ १० गते प्रहरीले गिरफ्तार गरेको छ ।

 

कानुन व्यावसायी समेत रहेका शेष मन्सुर बाबुलाई आफ्नै बुहारीमाथि जबरजस्ती करणी  प्रयास गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।

 

उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा २०७४ पुष ९ गते जाहेरी दर्ता भएको थियो  । आफ्नै धर्मपुत्रको श्रीमतीलाई ०७४ मंसिर १८ गते जबरजस्ती करणी गर्न खोजेको आरोप लगाउदै बुहारीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

त्यसदिनदेखि नै परार रहदै आएका मन्सुरबाबु प्रहरीको खोजीमा रहेको  थिए ।  उनलाई बिहीबार पर्सा जिल्ला अदालत नजिकबाट गिफ्तार गरिएको   जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले जानकारी दिए ।

 

पक्राउ परेका मन्सुरबाबुलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीमा समेत सेवा गरेका मन्सुरबाबु पेशाले अधिवक्ता हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.