logo

पत्रकारको हक हित सुरक्षाको सवालमा गम्भिर छु -मुख्यमन्त्री राउत

      5/27/2018 गते 00 00 मा प्रकाशित     1017   पटक पढिएको

 
जनकपुरधाम १३ जेठ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलेले संघीयतालाई संस्थगत गर्न र नागरिक अपेक्षालाई पुरा गर्नकालागि राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन ।

 
आईतबार नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रतिनिधि मण्डलसंग मुख्यमंत्री निवासमा भएको भेटघाटमा मुख्यमंत्री राउतले पत्रकारको समस्याको बारेमा आफू जानकार भएको बताउदै प्रदेश सरकार पत्रकारको हकहीत र सुरक्षाको सवालमा गम्भिर रहेको बताए । 


उनले मुलुक संघीयतामा प्रवेश गरेतापनि संघिय सरकारले संघियतालाई स्थानीय तहसम्म व्यवस्थापन गर्न नसकेको हुनाले अन्यौल समस्या रहेको बताए ।  मुख्यमन्त्री राउतले सरकारको आगामी नीति तथा कार्यक्रममा  नेपाल पत्रकार  महासंघको कार्यालय व्यवस्थापन, पत्रकारको दक्षता अभिवृद्धिकालागि सीपबिकासकालागि तालिम, पत्रकारको हकहीत र सुरक्षाको सवाल समावेश गरिने प्रतिवद्धता ब्यक्त गरे।


मुख्यमन्त्री राउतले प्रदेश सरकारल े अभावका समस्याका वीचमा पनि नागरिकको अपेक्षा पुरा गर्नकालागि अग्रसरता लिएको बताउदै उनले प्रतिनिधि मण्डलसंग  कसैको प्रभावमा नपरी सकारात्मक समाचारहरु प्रकाशन तथा प्रसारण गर्ने बतावरण बनाउन आग्रह गरेका थिए ।


उनले मोफसलबाट प्रकाशन तथा प्रसारण हुने प्रिन्टिंग तथा विद्युतीय संचारमाध्यमलाई ध्यानमा राख्दै समानुपातिक विज्ञापन  वितरणको लागि  बिज्ञापन प्राधिकरण बनाउन तयार रहेको बताए । 


पत्रकारहरु माथि राज्यबाट भईरहेको विभिन्न खाले धाकधम्कीको घटनालाई लिएर आफू  गम्भीर रहेको बताउदै मुख्यमंत्री राउतले  गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए । 


नेपाल पत्रकार महासंघ प्रादेशिक समितिका  उपाध्यक्ष के .सी. लामिछानेले मुख्यमन्त्रीसंगको भेटघाटमा प्रादेशिक सरकारसंग सहकार्य गरेर अगाडि बढन नेपाल पत्रकार महासंघ तयार रहेको बताएका थिए । उनले नेपाल पत्रकार महासंघ सामेली चरित्रको साझा संगठन भएको चर्चा गर्दै संघीयताको स्थायित्वकालागि सहरकारलाई सघाउन तयार रहेको बताएका थिए ।

 

प्रतिनिधि मण्डलमा प्रदेश समितिका उपाध्यक्ष रिंकु मिश्र, महासचिव किरण कर्ण, कोषाध्यक्ष प्रविण साह, सदस्यहरु अजय साह, बैद्यनाथ चौधरी र हदिस खुद्दार लगायतको सहभागिता रहेको थियो  थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.