logo

पत्रकारको हक हित सुरक्षाको सवालमा गम्भिर छु -मुख्यमन्त्री राउत

      5/27/2018 गते 00 00 मा प्रकाशित     936   पटक पढिएको

 
जनकपुरधाम १३ जेठ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलेले संघीयतालाई संस्थगत गर्न र नागरिक अपेक्षालाई पुरा गर्नकालागि राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रसंग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन ।

 
आईतबार नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रतिनिधि मण्डलसंग मुख्यमंत्री निवासमा भएको भेटघाटमा मुख्यमंत्री राउतले पत्रकारको समस्याको बारेमा आफू जानकार भएको बताउदै प्रदेश सरकार पत्रकारको हकहीत र सुरक्षाको सवालमा गम्भिर रहेको बताए । 


उनले मुलुक संघीयतामा प्रवेश गरेतापनि संघिय सरकारले संघियतालाई स्थानीय तहसम्म व्यवस्थापन गर्न नसकेको हुनाले अन्यौल समस्या रहेको बताए ।  मुख्यमन्त्री राउतले सरकारको आगामी नीति तथा कार्यक्रममा  नेपाल पत्रकार  महासंघको कार्यालय व्यवस्थापन, पत्रकारको दक्षता अभिवृद्धिकालागि सीपबिकासकालागि तालिम, पत्रकारको हकहीत र सुरक्षाको सवाल समावेश गरिने प्रतिवद्धता ब्यक्त गरे।


मुख्यमन्त्री राउतले प्रदेश सरकारल े अभावका समस्याका वीचमा पनि नागरिकको अपेक्षा पुरा गर्नकालागि अग्रसरता लिएको बताउदै उनले प्रतिनिधि मण्डलसंग  कसैको प्रभावमा नपरी सकारात्मक समाचारहरु प्रकाशन तथा प्रसारण गर्ने बतावरण बनाउन आग्रह गरेका थिए ।


उनले मोफसलबाट प्रकाशन तथा प्रसारण हुने प्रिन्टिंग तथा विद्युतीय संचारमाध्यमलाई ध्यानमा राख्दै समानुपातिक विज्ञापन  वितरणको लागि  बिज्ञापन प्राधिकरण बनाउन तयार रहेको बताए । 


पत्रकारहरु माथि राज्यबाट भईरहेको विभिन्न खाले धाकधम्कीको घटनालाई लिएर आफू  गम्भीर रहेको बताउदै मुख्यमंत्री राउतले  गल्ती गर्नेलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए । 


नेपाल पत्रकार महासंघ प्रादेशिक समितिका  उपाध्यक्ष के .सी. लामिछानेले मुख्यमन्त्रीसंगको भेटघाटमा प्रादेशिक सरकारसंग सहकार्य गरेर अगाडि बढन नेपाल पत्रकार महासंघ तयार रहेको बताएका थिए । उनले नेपाल पत्रकार महासंघ सामेली चरित्रको साझा संगठन भएको चर्चा गर्दै संघीयताको स्थायित्वकालागि सहरकारलाई सघाउन तयार रहेको बताएका थिए ।

 

प्रतिनिधि मण्डलमा प्रदेश समितिका उपाध्यक्ष रिंकु मिश्र, महासचिव किरण कर्ण, कोषाध्यक्ष प्रविण साह, सदस्यहरु अजय साह, बैद्यनाथ चौधरी र हदिस खुद्दार लगायतको सहभागिता रहेको थियो  थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.