वीरगंज, १४ जेठ ।
मानवअधिकार रक्षकहरुको एक भेलाले सामाजिक अभियन्ता प्रकाश थारुको संयोजकत्वमा पर्सा जिल्ला स्तरीय संजाल गठन भएको छ ।
वीरगंजस्थित कुमु प्यालेस होटलमा भएको जिल्ला स्तरीय भेलाले संजालको गठन गरेको हो । थर्ड एलायन्सका मानवअधिकार अधिकृत ओमप्रकाश गिरीको अध्यक्षतामा बसेको बैठकले प्रकाश थारुको संयोजनमा १३ सदस्यीय समिति गठन गरिएको हो ।
संजालको सह संयोजकमा विमला गुप्तालाई चयन गरिएको छ सदस्यहरुमा , निला राम, शिवनाथ यादव, अजय चौरसिया, श्रवण साह, सुनिल कुमार कलवार, लक्ष्मी उप्रेती, मखदुम जहाँ गस्त, विनेश पटेल, सरोज चौरसिया लगायत रहेका छन ।
संजालले मानवअधिकारका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएपनि अहिले मात्र पर्सा जिल्लामा पहिलो पटक संजाल निर्माण गरिएको थर्ड एलायन्सका मानवअधिकार अधिकृत ओम प्रकाश गिरीले जानकारि दिए ।
सल्लाहकारमा केसी लामिछाने रहेका छन । संजालले मानव अधिकारको क्षेत्रमा भएका घटनाहरुको बिषयमा जिम्मेवार निकायलाई जावाफदेह बनाउन का गर्ने संयोजक प्रकाश थारुले बताएका छ ।
तपाईको प्रतिक्रिया