logo

गादीमा रक्तदान कार्यक्रमको आयोजनामा रक्तदाताको उल्लेख्य सहभागिता

      5/28/2018 गते 00 00 मा प्रकाशित     758   पटक पढिएको

वीरगंज, १४ जेठ ।
पटेर्वा सुगौली गाउँपालिका वडा नं २ गादीमा ८ महिला सहित ७३ जनाले रक्तदान गरेका छन । वडा कार्यालय गादीको आयोजना  र मानव अधिकार निगरानी समुह तथा फ्रेण्डसीप युथ क्लबको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । 


वडा कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ग्रामीण क्षेत्रका बासिन्दाहरुको राम्रो सहभागिता रहेको थियो । २ नम्बर वडाका वडाध्यक्ष एवं मानव अधिकार निगरानी समुहका अध्यक्ष बिजय गैरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा गाउँपालिका प्रमुख हरिनारायण चौधरी  ममता महतो नेपाल शिक्षक संघका केन्द्रीय सदस्य महेन्द्र चौधरी स्थानीय माविका प्रधानाध्यापक भोजराज गौतम लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।


कार्यक्रममा ममता महतो,भोजराज गौतम, रामचन्द्र गौरो,मोतीलाल चौधरी,दीपक कुमार,बिष्णुमाया स्याङतान,सृजना के.सी.लगायतले रक्तदान गरेका थिए ।


रक्तदान कार्यक्रममा नेपाल रक्त संचार केन्द्र बीरगंजको प्राविधिक टोलीको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.