logo

सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत

      7/4/2018 गते 00 00 मा प्रकाशित     1883   पटक पढिएको

बीरगंज २० असार । 
मरिच काण्डाका नाइके सुपारी किङका रुपमा चर्चित बीरगंजका उद्योगी अनिल पटवारी एकाएक भूमिगत भएका छन् । देखाउने दांतका रुपमा सिमेन्ट उद्योगी पनि रहेका पटवारीको मुख्य धन्दा भने सुपारी र कालो मरिचको तस्करी गर्नु रहेको खुलासा भएको छ ।

गत जेठ २१ गते बीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मेट्रिक टन मरिच उनैको भएको रहस्य खुलेपछि उनी मोबाइल स्वीचअफ गरी फरार भएका हुन् । पर्सा प्रहरीले नेपालबाट भारततर्फ लान लागिएको उक्त परिमाणको कालो मरिच बीरगंजको कै भन्सार नाका इनरुवाबाट पक्राउ गरेको थियो । 

प्रहरीले मरिच तस्करी गरेको अभियोगमा ग्लोबल लेदर टेनिङ इन्डष्ट्रिज प्रा.लि.का सञ्चालक संजय अग्रवालसहित भन्सार एजेण्ट दिलीप श्रीवास्तव र ट्रक चालक भारतीय नागरिक धर्मेन्द्र कुमारलाई रङेहात पक्राउ गरी राजस्व अनुसन्धान विभागमा बुझाएको थियो । राजस्व अनुसन्धान विभागले थप अनुसन्धान गर्दा यो तस्करीका मुख्य अभियुक्त अनिल पटवारी  नै रहेको पुष्टि भएपछि उनी भूमिगत भएका हुन् ।

संघीय समाजवादी फोरमका मुख्य चन्दादाता पनि रहेका पटवारी यतिबेला काठमाडौंमै फोरमकै एक सासंदको संरक्षणमा बसेका छन । उनलाई राजस्व अनुसन्धान विभागले तीव्र खोजी गरिरहेको छ । भन्सार नाकामै उक्त मरिच पक्राउ परेपछि विभागले प्रहरीको सहयोगमा उनको घर तथा गोदाममा छापा मारी सबै कागजातहरु नियन्त्रणमा लिएको छ । 

श्री सिमेन्टस उद्योगले कलश ब्रान्डका ओपिसी र कलश गोल्ड पिपिसीको उत्पादन गर्दै आएको छ । हालसालै मात्र एनएस चिन्ह प्राप्त गरेको यो सिमेन्टस उद्योगद्धारा उत्पादित सिमेन्टस गुणस्तहीन र कमसल रहेको भन्दै विवादमा पर्दै आएको छ ।
यो सिमेन्टले चर्चित क्रिकेटर पारश खड्कालाई ब्रान्ड ऐम्बासाडर तोकेको छ ।

जेलमा रहेका संजय अग्रवाल पटवारीका आफ्नै काकाका छोरा हुन । सोझा–सिधा संजयको नाममा कम्पनी खडा गरेर विगत लामो समयदेखि सुपारी र मरिचको तस्करी गर्दै आएका पटवारीले १२ बर्षकै अवधिमै १० अरब भन्दा बढी सम्पत्ती आर्जन गर्न सफल भएको चर्चाले यतिबेला बीरगंज तातेको छ । आफनै भाई थुनामा रहेपनि भाइलाई छुटाउन पटवारीले कुनै भूमिका खेलेनन । संजयका साथीहरुको सहयोगमा उनी बुधवार ३ करोठ ७६ लाख  धरौटी रकम बुझाएर थुनामुक्त भएका छन । 

करिव २ बर्ष अगाडि उनले छाला पठाउने नाममा भारतको कानपुर शहरमा अवैधरुपमा २ ट्रक सुपारी पठाउँदा सो अवैध सुपारी भारतीय प्रहरीले पक्राउ गरी जफत गरेको थियो । भारतीय सरकारले ठूलो रकम जरिवाना गरेको उक्त मुद्धा हाल पनि चलिरहेको समाचार स्रोतले बताएको छ ।

देखावटी रुपमा सिमेन्टस उद्योगी र व्यापारी रहेतापनि उनको वास्तविक धन्दा भने सुपारी र मरिचको अवैध तस्करी गर्नु रहेको बीरगंजका व्यवसायीहरु बताउछन् ।


वीरगंज भन्सारबाटै सेटिङ मिलाएर तस्करी धन्दा चलाउने भन्सार अधिकृत उद्धव ढुङ्गानामाथि यतिबेला मन्त्रालयको निर्देशनमा छानविन भैरहेको छ । मरिच पास गराउने भन्सार अधिकृत उनै ढुङगाना हुन् । तर ढुङगाना अनुसन्धानको दायरमा पनि नआएको र उनले उन्मुक्ति पाएको भन्दै बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रदेश सभा सदस्य ओमप्रकाश शर्माले सार्वजनिक मन्चहरुमै प्रश्न उठाउदै आएका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.