logo

एक करोड भन्दा बढी नेपाली नोट सहित वीरगञ्जका केशरी पक्राउ

      7/8/2018 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

वीरगञ्ज, २४ असार । 
पर्सा प्रहरीले एक करोड भन्दा बढी  नेपाली नोट सहित मुख्य कारोवारीलाई पक्राउ गरेको छ । जाली नोटको कारोवारमा संलग्न गिरोहलाई लाखौं रुपैयाँँ सहित पर्सा प्रहरीले आइतबर बिहान साढे १० बजे नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिकाको  साविक वडा नं  १२ हाल वडा नं ९ रानीघाटमा एक घरमा प्रहरीले छापामाी १ करोड भन्दा बढी नेपाली  नोट बरामद  गरेको हो । प्रहरीले राहुल केशरीलाई नोट सहित पक्राउ गरेको छ । उनैको घरबाट ठुलो परिमाणमा नोट बरामद भएको हो । 

प्रहरीले केशरीसँग अन्य पनि पाँचजनालाई पनि पक्राउ गरेको छ । उनीहरुको जाली नोटको कारोवारमा संलग्नता रहे नरहेको बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

“नोट एक एक गनिएको त छैन बण्डलका आधारमा हेर्दा करोड भण्दा बढी रुपैयाँ छ” उपरीक्षक ढकालले भने ।
केशरी, हुण्डी कारोवारमा संलग्न रहेको बताइएको छ । प्रहरीले बिशेष सूचनाको आधारमा हुण्डीको कारोवारमा संलग्न रहेका केशरीको घरमा छापामारी गरिएको उपरीक्षक ढकालले जानकारी दिनु भयो ।

प्रहरीले केशरीको घरबाट अन्य कागजात पनि फेला पारेको जनाएको छ । केशरीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतामा राखेर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.