logo

महिला माथि हिंसा गर्ने मनोबिज्ञानमा परिर्वतन ल्याउनु पर्छ डाः शाक्य

      7/9/2018 गते 00 00 मा प्रकाशित     1256   पटक पढिएको

बीरगंज २५ असार ।
महिलालाई हिंसा गर्ने मनोबिज्ञानलाई परिर्वतन गर्न आवश्यक रहेको प्राध्यापक डा.दीपक शाक्यले बताएका छन ।

 

बीरगंज पब्लिक कलेजमा सोवार आयोजना गरिएको  महिला हिंसा विरुद्ध अभिमुखिकरण गोष्ठीमा डा .शाक्यले यस्तो बताएका हुन ।

 

उनले समाजमा छोरी जन्मिदा निराश हुने र छोरा जन्मिदा मिठाइ बाढ्ने प्रचलन गलत रहेको बताए ।

 

उनले छोरा भए बुढेसकालको साहरा छोरीलाई पराईको धन मान्ने सामाजिक मान्यता नै महिला माथिको हिंसाको कारक रहेको बताए ।

 

 डा.शाक्यले घरेलु हिंसाले गर्दा नै महिलाहरुले मनसिक यातना सहनु परेको र मानसिक रोगी समेत हुन पुगेकोले घरेलु हिंसा रोक्नुपर्नेमा बिशेष जोड दिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले शारीरक बनोटमा रहेको फरकपन बाहेक महिला पुरुषमा कुनै भेदभाव नरहेको बताए । उनले सामाजिक संरचनामा रहेको सामन्ती सोचका कारण पुरुषवाद हावी भएको र महिलालाई कमजोर देखाउने प्रयास हुदै आएको बताए ।

 

उनले महिलाहरु कमजोर हुन्छन भन्ने कुरा परम्परागत मान्यताको रुपमा बिकास भएको तर महिलाहरु कमजोर नहरेको स्पष्ट पारे । उपाध्यक्ष  लामिछानेले नेपाल सरकारले हिसांका प्रकृति हेरी विभिन्न दण्ड जरिवाना समेत तोके पनी न्यायीक पक्षमा महिला बोल्न नसकेर हिसां गर्ने व्यक्तिहरु उम्कीने गरेको बताएका थिए । हिसांका घटनाहरु कम गर्न आफु बस्ने टोल छिमेकमा जनचेतना जगाउन अहिलेको आवश्यक्ता रहेको उनको निश्कर्ष थियो । 

 

 नारी शसक्तिकरणका लागी गाउँ शहरका अभियन्ता सक्रिय बनौं भन्ने नाराका साथ सहयोगी नेपालले अयोजना गरेको सो कार्यक्रममा पत्रकार रितेश त्रिपाठीले महिला हिंसाका स्वरुपका बारेमा प्रकाश पारेका थिए । आर्थिक पत्रकार संघका अध्यक्ष समेत रहेका पत्रकार त्रिपाठीले  रितेश त्रिपाठीले कुनैपनी घटनामा कहि न कही आर्थिक पक्ष समेत समेटिने हुदाँ महिला हिसांमा अर्थ समस्याले महत्वपुर्ण भुमिका खेलीरहेको बताए । महिला जब आर्थिक रुपले समपन्न हुन्छिन तब हिसाँ पनी कम हुदैँ जानेहुँदा महिलाहरु सबल हुन जरुरी रहेको बताएका थिए ।  

 

उनले महिला हिंसाका कारण नेपालले प्रगती गर्न नसकेको चर्चा गर्दै हिंसा न्यूनीकरणमा महिलाहरु नै अग्रहसर हुनु पर्नेमा जोड दिए ।   संस्कृति का अध्यक्ष शैली चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार बिमला गुप्ता आशु सर्राफ लगायतले मन्तब्य ब्यक्त गरेका थिए । सहयोगी नेपालको आयोजना तथा प्रदेशसभा सदस्य डा. अन्जु कुमारी यादवको संसदीय कोषको सहयोगबाट समपन्न कार्यक्रममा महानगरका ४३ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.