बीरगंज २९ असार ।
प्रदेश नं २ का मुख्यमंत्री लालबाबु राउत गद्धीलाई मातृ शोक परेको छ । उनकी माता राधीका देवीको ७६ वर्षको उमेरमा उपचार हुदै गर्दा असामयीक निधन भएको हो । उनलाई सीमावर्ती रक्सौलको डंकन अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।
राधीका देवी मधुमेह र मुटुको रोगबाट पीडित थिइन । अस्पतालमा उपचरार्थ आमाको स्वास्थ्य अवस्था बिग्रएको थाहा पाएपछि मुख्यमंत्री राउत बुधवार बीरगंज आएका हुन ।
राधीका देवीलाई रोगले च्यापेपछि रक्सौल स्थित डंकन अस्पतालमा चर्ना गरिएको संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव सलाउदिन अहमदले बताए ।
अस्पतालमा भर्ना भएकी राधीका देवीले मुख्यमंत्री लालबाबु राउतलाई देख्न मन लागेको भनेपछि मुख्यमंत्री बीरगंज आएका हुन ।
राधीका देवीको मुस्लिम बिधि अनुसार अन्तिम संस्कार गरिने भएको छ । उनको पैत्रिक गाउँ पर्साको जगरनाथपुरबाट राधीका देवीको भोली शनीवार जनाजा (मलामी) निस्कने अहमदले जानकारी दिए ।
तपाईको प्रतिक्रिया