logo

पर्साको हुम्ला जुम्ला ठानीने नवगाँवा अब टापु रहदैन बिकासमा नमुना बन्छः प्रमुख गुप्ता

      7/14/2018 गते 00 00 मा प्रकाशित     1662   पटक पढिएको

भिषूवा  ३० असार ।
छिपहरमाई गाउँपालिकाका प्रमुख मनोज गुप्ताले नवगाँवा भनिएको गाउँपालिकाको क्षेत्र आउदो ४ बर्षभित्रै बिकासमा नमुना बन्ने बताएका छन् ।

 

गाउँपालिकाले शनिवार वडा नम्बर २ टिहुकीस्थित विद्यालय परिसरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रमुख गुप्ताले यस्तो बताएका हुन । 


    ‘तपाईले अहिले हेर्नु भएको ९ किलोमिटर ग्राभेल बाटो, २६ सय मिटर ढलान सडक, ३६ सय मिटर पक्की नाला, एम्बुलेन्स, अनि एक्जाभेटर, सबै बिद्यालयमा छाना, शौचालय र पंखा जस्ता कुरा यो बर्षको सुरुवात हो,’ गुप्ताले भने, ‘यो ट्रेलर मात्र हो, फिल्म अझै बाकी छ ।’

 

बर्षायाममा भारतीय भुमी भएर सदरमुकाम पुग्नु पर्ने, एउटा र्औषधी किन्न पनि सिमापारी जानु पर्ने बाध्यता भएको नौगावा आउदो चार बर्षभित्र बिकासमा नमुना नै बन्ने उनले दावी गरे । 


    स्थानीय जनताले सडक बनेपछि ठाउँको मुहार फेरिएको प्रतिक्रिया दिए । स्थानीयले शिक्षा र स्वस्थ्यका सेवा प्रदान गर्ने विद्यालय र स्थानीय स्वास्थ्यसंस्थाको काम कारवाहीमा सुधार गर्नुपर्ने सुझाव दिए ।

 

वडा नम्बर २ बाट निर्वाचित गाउँ कार्यपालिका सदस्य मुक्तिनारायण साहको अध्यक्षतामा र सहयोगी नेपाल संस्थाको संयोजनमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछानेले सार्वजनिक सुनुवाई सुशासनको औजार भएको भनी सराहना गर्दै २ बर्षअघि आफुले देखेको नवगाँवा क्षेत्र र अहिलेको अवस्था धेरै फेरिएको बताए । 


स्थानीय जगदीश साहले पहिला पानी पर्दा बाटो रोप्ने खेत जस्तो हुन्थ्यो अहिले खुट्टामा हिलो लाग्दैन भन्दै वास्तविक बिकास देख्न पाएको बताए ।


    कार्यक्रममा गाउँपालिका निमित्त प्रमुख प्रसाशकीय अधिकृत शिवपुजन साह, सहजकर्ता तबरेज अहमद, वडा नम्बर १ का राजबली यादव, ३ नं. वडाका अध्यक्ष बिनोद साह कानू, ४ नं. वडाका बालकराउत गद्दी, ५ नं. वडाका अध्यक्ष मौजीलाल साह कानू, स्थानीय अगुवाहरु र २ सय बढी सर्वसधारको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.