logo

सुन तस्करीको आरोपमा बाराका रामबाबु सिंह पक्राउ

      7/14/2018 गते 00 00 मा प्रकाशित     2854   पटक पढिएको

बीरगंज  ३० असार ।
 बीरगंजको   लिंक रोडस्थित कुमु प्यालेस होटल नजिकै रहेको सुनचाँदी पसलका संचालक रामबाबु सिंह पक्राउ परेका छन्।

उनलाई शनीवार राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर जीतपुर स्थित इलाका प्रहरी कार्यायको हिरासतमा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज पोखरेलले बताए । 
सिंहलाई सुनको तस्करी आरोपमा पक्राउ गरिएको हो । 
‘असार १५ गते वीरगंजको इनर्वाबाट पक्राउ परेका सर्लाहीको हरिपुर नगरपालिकाका ३८ वर्षीय सन्तोष साह कलवारलाई केरकार गर्दा रामबाबु सिंहको नाम आएको हो । 

कलवारको बयान र जफत सुनको घटनामा उनको संलग्नता रहेको देखिएपछि नियन्त्रणमा लिइएको हो,’ पोख्रेलले भने, ‘आइतवार बिहान १० बजे पर्सा जिल्ला अदालतमा पेश गर्दैछौं।’

 वीरगंज घण्टाघरस्थित श्रीराम मनी चेन्जरका सञ्चालकसमेत रहेका रामबाबुलाई १ किलो सुन तस्करीको घटनाको प्रारम्भीक अनुसन्धानमा दोषी देखिएकाले आवश्यक कारावाही अगाडि बढाइएको कार्यालयका सूचना अधिकारी भीमबहादुर देवकोटाले बताए ।

बारा गम्हरियाका पुराना बासिन्दा रामबाबु   हाल जीतपुर बजारमा बस्दै आएका उनी सुन तस्करीमा सक्रिय रहेको दावी सुरक्षा निकायको छ।

असार १५ गते बीरगंजको इनर्वाबाट सर्लाही हरिपुरका सन्तोष साहलाई  ना ४२ प ३७७४ नं को मोटरसाइकलको सिट मुनिको एयर फिल्टरमा सुन राखेर रक्सौलतर्फ गइरहेको अवस्थामा इनार्वा प्रहरी चौकीको टोलीले  पक्राउ गरेको थियो। 

१ किलो सुनलाई गलाएर २ सय ग्रामको ५ वटा टुक्रा बनाई तस्करी हुँदै थियो। ५ हजार पाउने लोभमा तस्करीमा लागेको पक्राउ परेका भरिया सन्तोषले प्रहरीमा बयान दिएका थिए।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.