logo

पक्कीघरको आशमा बसेका दलीतमा निराशा,जनता आवासको घर अलपत्र

      8/3/2018 गते 00 00 मा प्रकाशित     1887   पटक पढिएको

बीरगंज १९ साउन  ।
    जनता आवास कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको जीराभवानी र पटेर्वा सुगौली गाउँपालिकाको वडा नं  ५ निचुटाका दलित परिवारहरू अहिले समस्यामा परेका छन । 

 


    आव २०७३÷०७४ देखि लागू यो कार्यक्रम अन्तर्गत दलितहरूले आफनो पुरानो घर भत्काएर नयाँ अर्धपक्की घर निर्माणमा जुटेका थिए  । तर दुई वर्षायाम बितिसक्दा पनि अर्धपक्की घर तयार भएको छैन । यो वर्ष पनि त्रिपालको साहरामा उनीहरुको वर्षायाम कटदैछ ।

 

सामान्य खालको घर बनाउन दुई वर्षको समय लाग्ने कुरालाई कुनै पनि आधारमा ठिक हो भन्न सकिने आधार छैन स्थानीय राधेश्याम महतोले भने   यस्तै पाराले गर्दा नै सरकारी काम प्रति जनताको बिश्वास पनि रहदैन ।

 

 जिराभवानीको मात्र हैन पटेर्वा सुगौलीको वडा नं ५ निचुटाका २८ घरधुरी पनि छानाको माग गर्दै सदरमुका बीरगंज स्थित शहरी विकास तथा भवन डिभिजन कार्यालय  धाउदै छन । 


निचुटाका छन्नु हजरा दुसाधले त छाना हाल्न बाँकी रहदै आफनो घरको पर्खाल क्रेक भएको बताए  । उनले निर्माण समेत गुणस्तरहिन भएकोमा गुनासो समेत गरेका छन । एक त गरिब त्यसमाथि हेरिदिने बुझिदिने कोही छैन उनले भने “पुरानै घर ठिक थियो ओत त लागेकै थियौ नी ”। 

 


घर निर्माणमा प्रयोग गरिएको इट्टा समेत कमसल खालको भएको जुगल पासवानले बताए  । उनले आठवटा घरमा प्रयोग गरिएको इट्टा बोकेर ल्याएको समेत बताउ  । गुणस्तरहिन निर्माण त्यो पनि वर्षाको बेला कष्टपूर्ण अवस्थामा सुनिदिने कोही छैन भन्दै उनीहरुले आक्रोश ब्यक्त गरे । 

 

निर्माणको जिम्मा लिने उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले यही अवधीमा जमिन किनेर पक्का ढलान घर बनाएको देखेका उनीहरुले अध्यक्ष भिखारी हजरा दुसाध र कोषाध्यक्ष लालबाबु राम जिम्मेवार नभएको बताउन भने छाडेनन ।  


उनीहरुले आफूहरुको घर बनाउने पैसा चलाएर आफनो घर बनाएको र खोजीदिने कोही नभएको आरोप समेत लगाए ।


 जीराभवानी गापा–१ निवासी शत्रुघ्न राम चमारले बिहान–बेलुकी छाक टार्ने समस्या त छँदैथियो, अहिले ओत लाग्ने समस्या पनि भोग्नुपरेको बताए  । एक वर्षभित्र निर्माण हुनुपर्ने अर्धपक्की घर दुई वर्ष बितिसक्दा पनि निर्माण नहुँदा बिचल्लीमा परेको उनको  भनाई छ । 


    घरनिर्माणको काम पूरा भएको छ तर छाना नहाल्दा प्लास्टिकको त्रिपाल राखेर बस्नुपर्ने अवस्था उनीहरूको छ । जीराभवानी गापा–१ मा ५३ र वडा नं . ४ मा ६४ गरी ११७ घर निर्माण हुँदैछन् । यो वर्षामा पनि सबैको समस्या समान छ । घरनिर्माणको लागि चार किस्तामा रु २ लाख १४ हजार पाउनुपर्ने हो तर चौथो किस्ताको अभावमा घरनिर्माण कार्य पूरा भएको छैन ।

 

शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख सदरे आलमले तेस्रो किस्ताको रकम निकासा सकिएको र चौथो किस्ताको रकम रु २२ हजार ५ सय छाना र शौचालय निर्माणपछि पठाउने बताए  । 


    समयमा किस्ताको रकम नपाएपछि घरनिर्माणमा ढिलाइ भएको उनीहरुको भनाई छ । पर्सा जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत आव २०७३/७४ मा एक हजार घर निर्माणको थालनी भएको थियो ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.