logo

बिभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड बारा आउने 

      8/4/2018 गते 00 00 मा प्रकाशित     811   पटक पढिएको

कलैया १९ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल (प्रचण्ड) भोली बाराको बिश्रामपुरमा आउने कार्यक्रम तय भएको छ ।

 

साउन २० गते बिश्रामपुर कलैला उपमहानगरपालिकाको वडा नं २३ भतौडामा हुने कार्यक्रममा सहभागि हुन अध्यक्ष प्रचण्ड बारा आउने कार्यक्रम रहेको नेकपाका युवा नेता उमेश साह गुप्ताले बताए ।

 

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । अध्यक्ष प्रचण्डले आइतबार बिहान ९ बजे बिश्रामपुर गांउपालिकाको प्रशासनिक भवनको शिलान्यासा गर्ने कार्यक्रम रहेको छ । त्यसकासाथै बिश्रामपुर गाउपालिको दोस्रो सभाले पारित गरेका ऐन ,कानुन र नियमावली सार्वजनिक गर्ने कार्यक्रम रहेको बिश्रामपुर गाउंपालिकाका अध्यक्ष अमिरी पालले बताए ।

 

आइतबार नै अध्यक्ष प्रचण्डले कलैया उपमहानगरपालिका २३ भतौडामा सहरी बिकास मन्त्रालयको करीब ३९ करोड बजेटबाट निर्माण गर्न लागिएको सडकको शिलान्यास गर्नेछन । 


अध्यक्ष प्रचण्डको बाराको दुबै स्थानमा भोलिहुने कार्यक्रमलाई भब्य बनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शनिवार बारा प्रदेस क्षेत्र नम्बर ४ (२) स्तरीय अगुवा भेला बाराको प्रसौनीमा सम्पन्न गरेको छ ।

 

भेलामा नेकपाका केन्द्रिय सदस्य गोपाल ठाकुर,केन्द्रिय सदस्य तथा प्रदेस सभा सदस्य ज्वाला साह,नेकपाका नेता एवंम प्रदेस सभाका सदस्य सुन्दर बिक,नेकपाका नेता एवम  क्षेत्र बहादुर श्रेष्ठ,जितपुर सिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल,नेकपाका नेता  प्रमुख मनोज पौडेल, नेकपाका नेता हरी चौलागाई,राजन पौडेललगायले आइतबारहुने कार्यक्रम भब्य र प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए।


नेकपा नेता धर्मदेब यादब र लवकुस बैठाको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन बिरेन्द्र साह र स्वागत अमर यादबले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

बाघको आक्रमणबाट ६० वर्षीय छेवाङ्गको ज्यान गयो

सिमरा ।  सिमरामा आइतबार बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १ का ६० वर्षीय छेवाङ्ग लामा रहेका छन् ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.