logo

संघीयता उल्ट्याउने आधार करप्रणाली बन्छ की भन्ने चिन्ता भयोःअध्यक्ष दाहाल

      8/7/2018 गते 00 00 मा प्रकाशित     1049   पटक पढिएको

बीरगंज २२ साउन ।
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि प्राप्तीकालागि मुलुकमा लगानी मैत्री वतावरण बनाउनु पर्नेमा जोड दिएका छन  ।


मंगलवार बीरगंजमा नेपाल उधाग वाणिज्य महासंघले आयोजना गरेको नगर तथा जिल्ला संघहरुको राष्ट्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठुलो संघर्ष पछि आएको परिर्वतनमा अपेक्षा गरिए जस्तो उपलब्धी हासिल नभएको चिन्ता समेत ब्यक्त गरे  । 


उनले  राज्य र नेतृत्वको सोच परम्परागत रहेको र त्यसको बिरासत अहिले पनि कायमै रहेकोले सचेत हुन पर्ने अवस्था रहेको बताए । अध्यक्ष यादवले राज्यको सोचमा उधोगी ब्यवसायीहरु ठग हुन भन्ने कुराले जरा गाडेको बताए ।

यता फाइल सर्दा वा उता फाइल सार्दा पनि उनीहरुलाई दोहन गर्नु पर्छ भन्ने सोचाई राज्यको प्रशासनयन्त्रमा हावी रहेको चर्चा गर्दै अध्यक्ष दाहालले यो सोचाई रहदा सम्म  बिकासमा फडको मार्न नसकिने बताए  ।

 

संसारका देशहरुले कसरी बिकास गरे भन्ने चर्चा गर्दै अध्यक्ष दाहालले जुन देशमा मुनाफा कमाउने स्वतन्त्रता छ त्यस्ता देशहरु बिकासको दिशामा अगाडि बढेको बताए । उनले जुन देशमा  नाफा कमाउने स्वतन्त्रता हुदैन त्यो देशमा बिकास नहुने बताए  ।

 

नाफा नभए लगानी हुदैन ,लगानी नभए उत्पादन बृद्धि हुदैन उत्पादन बृद्धि नभए रोजगारीको सृजना हुदैन त्यसैले पनि राज्य सकारात्मक हुनु जरुरी छ उनले भने “ नाफा कमाउने कुराको सुनिश्चितता नहुदा सम्म लगानी पनि हुदैन उत्पादन पनि बढदैन र रोजगारी पनि हुदैन ।”

 

उनले  राज्यले लगानीमैत्री वतावरण नवनाउदा सम्म पूजी जता पनि जाने चर्चा गरे । उनले  पूजीमा यति लिकूइड हुन्छ जता ओराले हुन्छ त्यतै बगेर जान्छ त्यो रोकेर रोकीदैन भने । नेपालमा वतावरण राम्रो बनाउन सकियो भने बिदेशी लगानी आउन कसैले चाहेर पनि रोक्न नसक्ने अध्यक्ष दाहालले बताए  ।


उनले मुलुकमा देखिएको करप्रणालीको चर्चा गर्दै कता कता २२ से २४ से राज्यको अभ्यास तिर जान खोजे जस्तो भएन भन्ने प्रति प्रश्न गरे  । तीन ठाउमा कर तिर्नु  पर्ने  अवस्था आएकोमा उनले आफू सबैभन्दा बढी चिन्तीत भएको बताए   । उनले पृथ्वी नारायण शाहले कर तिर्दा तिर्दै आजीत भएका जनताको सर्मथन पाएर नेपालको एकिकरण गरेको प्रसंग समेत सुनाउ  ।


उनले आफूहरुले स्थानीय सरकार बनाएको हो, राजा बनाएको होइन भन्दै जनताको घर दैलोमा स्थानीय सरकारको पहुच र बिकास निर्माणमा जनताको सहभागिताको वतावरण बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको  बताए  ।  तर अहिले जसरी करको बिषयमा जे हुदैछ त्यसले आफूलाई चिन्तीत बनाएको बताउदै उनले करको नाममा उठेको असन्तुष्टी  संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने अस्त्र बन्ने त होइन भने । 

 

बढ्दो आयातलाई प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धनका लागि वैदेशिक लगानी अपरिहार्य बनेको दाहालले बताए े  । वैदेशिक लगानीबिना विकासको भावनालाई सम्बोधन गर्न असम्भव छ,’ नेकपा अध्यक्ष दाहालले भने  “त्यसका लागि आफ्नै देशभित्रका पूँजीको सुरक्षा गरी ऐन कानुनको झन्झट हटाई वैदेशिक लगानीको वातावरण बनाउनुपर्छ ।’ उद्योगी व्यवसायीलाई उत्साहका साथ नयाँ लगानी गर्न समेत उनले अपिल गरे । 


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा विद्यमान बेथिति अन्त्यका लागि सरकारले प्रभावकारी कदम चाल्ने बताए । उनले आफूहरुले बनाउन लागेको कानूनको बिषयमा सरकार छलफल गर्न तयार रहेको बताए ।

 

उनले ब्यपारीलाई आफना कर्मचार नबिगार्न समेत आग्रह गरे । उनले संचारगृहहरु पूर्वाग्ही भएको समेत भन्न भ्याए । उनले  बजारको मूल्य, वस्तुको गुणस्तरको ग्यारेन्टी निजी क्षेत्रले लिएमा सरकारले अनुगमन नगर्ने बताए।उनले चुनौतीको भाषमा निजी क्षेत्रलाई यस्तो अपिल गर्दै  सहि गर्नेहरु डराउन नपर्ने र गलत गर्ने नछोडिने दृढता ब्यक्त गरे।

 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर प्रणालीले निजी क्षेत्र त्रसित बनेको बताइन् ।उनले कर बिरोधी बीरगंजमा भएको जस्तो आन्दोलन देशका अन्य भागमा गर्न नपरोस भनीन ।

 

उनले सरकारलाई गभिम्रतापूर्वक सोच्न आग्रह गरिन । ब्यवसायीलाई करको त्रास नहोस उनले भनिन मुलुकमा स्थायी सरकार बनेको छ अन्तराष्ट्रीय क्षेत्रमा राम्रो सन्देश गएको र बिदेशी लगानी आउने वतावरण बन्दे गएको भन्दै वतावरण बिगार्ने काम सरकारले नगरोस भनिन ।  


वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले राज्यले वीरगन्जबाट राजस्व ज्यादा लिने तर बीरगंजलाई जहिले पनि पछाडी पार्ने काम भएको भन्दै गुनासो गरे ।  उनले राज्स्व संकलनको अनुपातमै बीरगंजको बिकासका निम्ति ध्यान दिन आग्रह गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी बिष्फोट,एक घाइते, अपुष्ट समाचार प्रक्षेपण नगरिदिन उधोगको अपिल

सीमरा । जगदम्बा स्टिल्स उधोगमा बुधवार राती बिष्फोट भएको छ । भट्टीमा भएको बिस्फोटमा परि भारत, बिहार राज्य, समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएका छन ।

प्रविधिको बिकाससंगै पत्रकारहरुको सीप पनि बिकास हुनु आवश्यक छः संयोजक लामिछाने

वीरगंज । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजनामा पत्रकार महिलाकोलागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबारदेखि वीरगंजमा सुरु भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.