logo

बीरगंज महानगरमा बिशेष नगरसभा, होहल्लावीच प्रस्तावहरु पारित ,कर घटयो ,बिकासका योजना प्रभावित हुने

      8/7/2018 गते 00 00 मा प्रकाशित     926   पटक पढिएको

बीरगंज २२ साउन ।

बीरगंज महानगरपालिकाको बिशेष नगरसभाले करको दर र दायराका बिषयमा प्रस्तुत गरेको संशोधन तथा स्थगन प्रस्ताव होहल्लावीच बहुमतको आधारमा पारित भएको छ ।

बीरगंज महानगरको सभागृहमा मंगलवार बोलाइएको नगरसभामा प्रस्तुत भएका प्रस्तावहरु बहुमत सदस्यको सर्मथनमा पारित भएका हुन । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले आफनो मत बिपक्षमा जाहेर गरेका छन । नगरसभामा उपस्थित १ सय ४४ सदस्य मध्य ९४ सदस्यहरुले प्रस्तावको पक्षमा आफूलाई उभ्याएका थिए ।

वीरगंज महानगरपालिकाको नगर सभामा प्रमुख प्रशासकीय अधिकृत डा. भिष्कुमार भूषालले प्रस्तुत गरेको करशुल्क,महशुल,दन्ड,जरिवानाका परिमार्जित दरहरुलाई नगर सभाले पारित गरेको हो ।

मंगलवारको सभामा प्रशासकीय अधिकृत भूषालले प्रस्तव प्रस्तुत गरेपछि महानगरका उपप्रमुख तथा राजस्व परामर्श समितिका संयोजक सुश्री शान्ति कार्कीले ०७४ साल माघ १० गते सम्पन्न प्रथम नगरसभाले पारित गरेको सम्पती कर लागू गर्नु पर्ने प्रस्ताव राखेकी थिइन ।

 

उनको प्रस्तावलाई महानगर प्रमुख बिजय सरावगीले छलफल नगर्ने रुलिङ्ग गरेपछि नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिहरुले हो हल्ला गरेका थिए । हो हल्लाकावीचमा मेयर सरावगीले सभा बिर्सजन गरेर बाहिरिएका थिए ।

सुश्री कार्कीले प्रस्तुत गरेको प्रस्ताव नगरसभाको कार्यसूचीभन्दा बारिहको थियो । सभा बिर्सजन पछि उमप्रमुखले प्रस्ताव पेश गरेकी हुन  । महानगरप्रमुख बिजय सरावगीले सभा बिर्सजन गरेपछि मात्र उपप्रमुखको नेतृत्वमा रहेका जनप्रतिनिधि सभाकक्षमा प्रवेश गरेका थिए । उनीहरु प्रवेश गर्दै गर्दा महानगरप्रमुख बाहिरिएका थिए ।

 
सभा विसर्जनको घोषणा गर्दै मेयर पछाडिको बाटा बाटे निस्किएपछि असन्तुष्टहरुले बजारमा विरोध जुलुस निकालेका थिए। कर वृद्धि गर्न पाइँदैन, जनता मार्न पाइँदैन भन्ने नाराका साथ बजार परिक्रमा गरि घण्टाघरमा पुगेर कोण सभा गरेका थिए । कोणसभालाई उपप्रमुख शान्ति कार्की लगायतले सम्बोधन गरेका थिए ।

यस अघि १० असारमा महनगरको दोश्रो नगरसभा भएको थियो । केही दिन स्थगीत भएर सो सभा सम्पन्न भएको थियो । दोश्रो नगरसभाले राजस्व परामर्श समितिको सिफारिशका आधारमा ७० करोड रुपैया राजस्व परिचालन गर्ने नीति पारित गरेको थियो । त्यतीबेलाको बजेट उपप्रमुख शान्ति कार्कीले नै प्रस्तुत गरेकी थिइन ।

 

नगरसभाले एकिकृत सम्पती कर सम्बन्धी राजस्वको अनुमान गर्दा नेपाली कांग्रेसको तर्फबाट बिजयी वडाध्यक्ष शम्भू मिश्रको बिज्ञतालाई महानगरले उपयोग गरेको थियो ।

 

शम्भु मिश्रको सिफारिशमा नै महानगरले बीरगंजको साविकका १९ वडा भित्र जमिनको वास्तविक मूल्य ३० प्रतिशत घटाएर मूल्याकन निर्धारण गरेको थियो । यसरी मूल्याकंन गर्दा  सबैभन्दा बढी ८ करोड मूल्याकंन कायम भएको थियो । शम्भू मिश्र नेपाल लेखापढी ब्यवसायी संघका पूर्व अध्यक्ष समेत हुनु । उनी मालपोत कार्यालय सम्बन्धीको लेखापढीका बिज्ञ मानिन्छन । 

तर अहिले त्यही नेपाली कांग्रेसले करबृद्धिको बिरोधमा आन्दोलनको अगुवाई गरेको छ । बीरगंज उधोग बाणिज्यसंघ लगायतका संस्थाहरुले गरेको मागका आधारमा महानगरले बिशेष सभा आयोजना गरेर कर घटाएको छ ।

 

अहिले बीरगंजको मूख्य सडकमा रहेको जमिनको मालपोत मूल्याकंन १ करोड ८० लाख रहेको छ भने मंगलवार पारित महानगरको बिशेष सभाले १ करोड २६ लाख रुपैया मूल्याकंन गरेर २० पैसा कर तय गरेको छ । महानगरले तय गरेको स्ल्याव अन्र्तगत अव बीरगंज महानगरको सबै भन्दा मूख्य र मूल्यवान स्थानमा रहेको १ कठ्ठा जमिनको मूल्यककंनमा कर  १२ पैसाको हाराहारी हुन आउने छ ।

यो नगरसभाले बीरगंज महानगर भित्रका किसान मजदुर र मध्यमबर्गिाय परिवारलाई कुनै फाइदा गरेको छैन । बीरगंजका धनाढ्यहरुको पक्षमा महानगरले कर निर्धारण गरेको बिज्ञहरुको भनाई छ । बीरगंज महानगरले दोश्रो नगरसभामा प्रस्तुत गरेको बजेटमा अनुमान गरेको राजस्व परिचालनमा संशोधन भएपछि राजस्व परिचालनमा २४ करोडले कमी आउने प्रमुख प्रशासकीय अधिकृत डा. भूषालको भनाई छ ।


२४ करोडको कमीको प्रभाव बिकास निर्माणका योजना पर्ने छन । राजस्व संकलन जुन गतीमा हुन्छ महानगरले खर्च पनि त्यसै अनुसार गर्ने अवस्था अव सृजना हुने भएको छ । 


महानगरले तय गरेको करप्रणाली बीरगंजको बहुसंख्याको हितमा पनि छैन र उनीहरुनै बिकासको प्रतिफूलबाट बन्चित हुने अवस्था महानगरको करनीतिले बनाइदिएको छ ।
 
मंगलवारको नगरसभाले संघ सरकारले निर्देशन दिएका करहरु जस्तै वातावरण ,सडक मरम्मत करहरु स्थगीत गरेका छ । डन्डी तथा सिमेन्टमा लगाइएको कर खारेज गरेको छ ।महानगरले यस अगावै नक्सा पास नगरी वनाइएका घरहरुको नक्सा पास गर्ने समयावधि अन्तिम पटकका लागि २०७५असार मसान्तसम्म रहने व्यवस्था गरेको छ ।

 

साथै यस आर्थिक बर्षमा बढी सम्पति कर तिरिसकेको व्यक्तिहरुलाइ आगामि आर्थिक बर्षमा मिनाहा दिने निर्णय समेत गरेको प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म भूषालले जानकारी दिए  ।

यता वडा नम्बर २१का अध्यक्ष हबिब मियाँले जनता मार्ने करको विरोध गरिने बताए  । मियाले ०७४ मा पारित कर लगाउनु पर्ने बताए  । उनले महानगर प्रमुख बिजय सरवागीले करको दरको बिषयमा नगरसभामा छलफल हुन नदिएको आरोप समेत लगाए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी बिष्फोट,एक घाइते, अपुष्ट समाचार प्रक्षेपण नगरिदिन उधोगको अपिल

सीमरा । जगदम्बा स्टिल्स उधोगमा बुधवार राती बिष्फोट भएको छ । भट्टीमा भएको बिस्फोटमा परि भारत, बिहार राज्य, समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएका छन ।

प्रविधिको बिकाससंगै पत्रकारहरुको सीप पनि बिकास हुनु आवश्यक छः संयोजक लामिछाने

वीरगंज । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजनामा पत्रकार महिलाकोलागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबारदेखि वीरगंजमा सुरु भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.