logo

बीरगंजको बाइपास सडकलाई मरम्मत गर्दै बीरगंज महानगर

      8/9/2018 गते 00 00 मा प्रकाशित     1121   पटक पढिएको

वीरगंज,२४ साउन ।
वीरगंज महानगरपालिकाले वीरगंज बाइपास सडक मरम्मत शुरु गरेको छ । भन्सार क्षेत्र देखी गण्डक सम्मको बाइपास सडकमा रहेको खाल्डा खुल्डी गिट्टीबालुवाले पुरेर मरम्मत गरिरहेको बीरगंज महानगरपालिकाले जनाएको छ ।

 

   सडक बिभागले वाइपास सडक बीरगंज महानगरलाई हस्तान्तरण भने गरेको छैन । बीरगंजको नगर बिस्तार समितिको योजनामा बाइपास सडक निकालिएको हो ।  

 

सडक मरम्मतको जिम्मेवारी संघीय सरकारको भएपनि संघीय सरकारले सडक मरम्मत सम्भारमा कुनै चासो नदेखाएपछि बीरगंज महानगरले सडक मरम्मतको पहल लिएको हो । 

यसअघी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले बीरगंज भ्रमणको क्रममा दुई महनिा अगाडि सडकका खाल्डा खुल्डी भर्न आदेश दिएका थिए ।

मंत्रीको आदेश पछि बीरगंजको घण्टाघर देखी पावरहाउस सम्मको सडकको खाल्डा खुल्डी भरिएपनि बाइपास सडकमा भने कुनै काम भएको थिएन ।

 मंत्रीले आदेश दिएको दुइ महिना वितिसक्दा कुनै काम नभएपछि महानगरपालिकाले मरम्मतको कामलाइ अघि बढाएको हो ।

बाइपास सडकमा रहेको खाल्डा खुल्डीले गर्दा त्यस सडक खन्डबाट चल्ने यतायातहरुलाई हुने गरेको कठिनाइलाइ मध्यनजर गर्दै बाइपास तथा वीरगंज घन्टाघर लिकंरोड सडक मरम्मत  गर्ने कामभइरहेको महानगरपालिकाले जनाएको छ ।


 यसैवीच मरम्मत कार्यको अनुगमनमा निस्केको बीरगंज महानगरको टोलीले नयाँ बसपार्कमा बन्दै गरेको यातायात टर्मिनलको पनि अनुगमन गरेको छ । महानगरप्रमुख बिजय सरावगी महानगरका प्रमुख प्रशासकीय अधिकृत डा भिष्म भूषाल सहितको कर्मचारीहरुको टोलीले  नया बर्सपाकमा निर्माण भइरहेको अत्याधुनिक बसर्पाकको समेत निरिक्षण गरेको हो ।

 

आशिस,स्वच्छन्द,रोशन र जेबी कन्ट्रक्सनले निर्माण गरिरेहेको अत्याधुनिक सुविधा सहितको बसपार्क निर्माण कार्यलाइ असोज मसान्त भित्र पुरा गर्न निर्देशन दिएको महानगरपालिकाले जनाएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.