logo

बीरगंजको बाइपास सडकलाई मरम्मत गर्दै बीरगंज महानगर

      8/9/2018 गते 00 00 मा प्रकाशित     999   पटक पढिएको

वीरगंज,२४ साउन ।
वीरगंज महानगरपालिकाले वीरगंज बाइपास सडक मरम्मत शुरु गरेको छ । भन्सार क्षेत्र देखी गण्डक सम्मको बाइपास सडकमा रहेको खाल्डा खुल्डी गिट्टीबालुवाले पुरेर मरम्मत गरिरहेको बीरगंज महानगरपालिकाले जनाएको छ ।

 

   सडक बिभागले वाइपास सडक बीरगंज महानगरलाई हस्तान्तरण भने गरेको छैन । बीरगंजको नगर बिस्तार समितिको योजनामा बाइपास सडक निकालिएको हो ।  

 

सडक मरम्मतको जिम्मेवारी संघीय सरकारको भएपनि संघीय सरकारले सडक मरम्मत सम्भारमा कुनै चासो नदेखाएपछि बीरगंज महानगरले सडक मरम्मतको पहल लिएको हो । 

यसअघी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले बीरगंज भ्रमणको क्रममा दुई महनिा अगाडि सडकका खाल्डा खुल्डी भर्न आदेश दिएका थिए ।

मंत्रीको आदेश पछि बीरगंजको घण्टाघर देखी पावरहाउस सम्मको सडकको खाल्डा खुल्डी भरिएपनि बाइपास सडकमा भने कुनै काम भएको थिएन ।

 मंत्रीले आदेश दिएको दुइ महिना वितिसक्दा कुनै काम नभएपछि महानगरपालिकाले मरम्मतको कामलाइ अघि बढाएको हो ।

बाइपास सडकमा रहेको खाल्डा खुल्डीले गर्दा त्यस सडक खन्डबाट चल्ने यतायातहरुलाई हुने गरेको कठिनाइलाइ मध्यनजर गर्दै बाइपास तथा वीरगंज घन्टाघर लिकंरोड सडक मरम्मत  गर्ने कामभइरहेको महानगरपालिकाले जनाएको छ ।


 यसैवीच मरम्मत कार्यको अनुगमनमा निस्केको बीरगंज महानगरको टोलीले नयाँ बसपार्कमा बन्दै गरेको यातायात टर्मिनलको पनि अनुगमन गरेको छ । महानगरप्रमुख बिजय सरावगी महानगरका प्रमुख प्रशासकीय अधिकृत डा भिष्म भूषाल सहितको कर्मचारीहरुको टोलीले  नया बर्सपाकमा निर्माण भइरहेको अत्याधुनिक बसर्पाकको समेत निरिक्षण गरेको हो ।

 

आशिस,स्वच्छन्द,रोशन र जेबी कन्ट्रक्सनले निर्माण गरिरेहेको अत्याधुनिक सुविधा सहितको बसपार्क निर्माण कार्यलाइ असोज मसान्त भित्र पुरा गर्न निर्देशन दिएको महानगरपालिकाले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.