logo

ठाकुरराममा परिक्षाको नाममा अनियमितता, कर्मचारी संघ भन्छ खर्च कहाँ भयो देखाउ

      8/9/2018 गते 00 00 मा प्रकाशित     1619   पटक पढिएको

वीरगंज,२४ साउन ।

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा आर्थिक अनियमितता घटनाहरु एक पछि अर्को गरि सार्वजनीक भइरहेका छन ।

 

 ठाकुराराम बहुमुखी क्याम्पस कर्मचारी संघले बुधवार क्यम्पस प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा यो कुरा सार्वजनीक भएको हो । कर्मचारीले पेश गरेको ज्ञापन पत्रमा परिक्षाको बेलामा खटाइने निरिक्षकको नाममा क्याम्पस प्रशासनले अनियमितता गरेको उल्लेख छ ।

 

परिक्षमा प्रति २१ जना बिद्यार्थीमा एक जना निरिक्षक खटाउन पर्नेछ तर क्याम्पस प्रशासनले ५०/५५ बिद्यार्थीमा एक जना निरिक्षक खटाएर अन्य दुईको नक्कली भौचर बनाएर रकम अनियमितता गरेको कर्मचारीले आरोप लगाएका छन

 

। कर्मचारीले परिक्षामा खटिएका निरिक्षकको नाममा उठाइएको पैसा कहाँ कसरी खर्च भयो भन्दै सार्वजनीक गर्न माँग गरेका छन । 


कर्मचारी संघका सभापति रामायण राउतले बुझाएको ज्ञापन पत्रमा परिक्षामा खटिएका निरिक्षकहरुको रकम समेत क्याम्पस प्रशासनले नदिएको आरोप लगाइएको छ ।


राजधानी बहिरको “क”श्रेणीको क्याम्पसको रुपमा रहेको ठाकुरराम बहुमुखी क्याम्पसको गरिमा बढाउन शैक्षीक तथा प्राज्ञीक वतावरणमा सुधारकालागि क्याम्पस प्रशासन तत्पर नदेखिएको ज्ञापन पत्रमा उल्लेख छ ।


संघले ०७४ पुष ९ मा संघ र क्याम्पस प्रशासनवीच भएको सम्झौता कार्यान्वयन किन नभएको भन्दै जानकारी दिन समेत माँग गरेको छ । 


संघले  बुझाएको ज्ञापन पत्रमा ९ सुत्रीय माँग  उल्लेख छन ती माँगहरु ७ दिन भित्र पुरा नभए संघ आन्दोलनमा जाने अल्टीमेटम समेत दिएको छ ।


यता क्याम्पस प्रमुख क्याम्पस डा.प्रमोद कुशवाहाले त्रिभूवन बिश्वबिद्यालयले पछिल्लो पटक पठाएको  परिपत्र अनुसार ५५ जना बिद्यार्थी बराबर एकजना निरिक्षक रहने ब्यवस्था गरेको बताए । उनले त्यस्तो बनाएर बन्ने कुरा होइन खर्च भएन भने त्यो त्रिभूवन बिश्वबिद्यालयको खातामै रहन्छ त्यसको लेखा जोखा परिक्षा शाखाले गर्ने बताए । 


परिक्षामा खटिएका कर्मचारीहरुको रकम निकासा भइरहेको उनले बताए । क्याम्पसमा भएको यो घटनाहरुप्रति बिद्यार्थी संगठनले पनि चासो ब्यक्त गरेका छन ।

अनेरास्ववियुका नेता प्रभाकर गुप्ताले क्याम्पसजस्तो प्राज्ञीक निकायमा भ्रष्टाचार हुन थालेपछि निराशा बढेको बताए । बर्तमान क्याम्पस प्रमुख सुशासनको प्रत्याभूती दिन असफल भएको उनको दावी छ । 


यस अघि पनि ठाकुरराम बहुमुखी क्याम्पसमा निर्माणको नाममा ३० लाखलाई टुक्रे योजना बनाएर अमानतमा काम गराइएको प्रति पनि गम्भिर प्रश्न उठेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सात विश्व कीर्तिमान बनाएका डा.आशिश विष्ट देशको सेवा गर्न भन्दै नेपाल फर्किए

काठमाडौं । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सात वटा शैक्षिक कीर्तिमान तथा ४ वटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् ।

अध्यक्ष श्रेष्ठद्वारा बिद्यालय भवन उद्धघाटन, पूर्व बिद्यार्थीले दिए शैक्षीक समाग्री

बीरगंज । ठोरी गाउँपालिका वडा नं. ५ सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको  उद्घाटन गरिएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.