logo

सम्बिधानसभा सदस्य रुङ्गटाद्वारा पन्ध्र सय महिलालाई साडी बितरण

      11/11/2018 गते 00 00 मा प्रकाशित     1243   पटक पढिएको

बीरगंज २५ कार्तिक । 
छठ पर्वको उपलक्ष्यमा पर्सा क्षेत्र न १ का नेपाली कांग्रेस सांसदका उम्मेंदवार तथा पूर्व सभासद अनिल रुंगटाले वर्तालु महिलालाई साड़ी बितरण गरेका छन।

पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को सम्पूर्ण १९ ओटा वड़ामा वर्तालु महिलाहरुकालागि साडी बिरण गर्ने भएका हुन । उनले आइतवार ७ ओटा वड़ाहरु २,४,५,७,८,१६ मा साडी बितरण गरेका छन भने बाकी १३ओटा वड़ामा भोली सोमवार साड़ी बितरण गर्ने दुइ दिवसीय कार्यक्रमको  रहेको छ ।

 

छठ पर्वको अवसरमा अति गरिव बिपन्न महानगरका १९ वडाका ब्रतालु महिलाहरुकोलागि साडी बितरण गरिएको सम्बिधान सभाका सदस्य अनिल रुङगटाले बताए ।

 

उनले साडी बितरणका माध्यमबाट आफू दुःख सुखमा जनताको साथमा रहने सन्देश दिएका छन । गत वर्ष पनि उनले यस क्षेत्रका गरिव महिलाहरुलाई साडी बितरण गरेका थिए । चाड पर्वको बेलामा गरिव भएकै कारण हिनतबोध गर्ने अवस्था नआओस भन्ने उद्धेश्यले आवश्यकता भएका नागरिकलाई साडी बितरण गरिएको रुङटाको भनाई छ ।

 नेता रुङ्गटाले नागरिकको घर आँगनमै गएर उत्साहका साथ पर्व मनाउन आग्रह गर्दै आफनो तर्फबाट साडी पर्वको अवसरमा उपहारका रुपमा दिइएको भन्दै महिलाहरुलाई साडी हस्तान्तरण गरेका थिए  ।

 

नेपाली  कांग्रेस पर्सा जिल्ला सभापति अजय दुवेदी त्यस क्षेत्रको कांग्रेस नेता रामनरायण कुर्मी,रामरूप कुर्मी,पर्सा कांग्रेस कोषाध्यक्ष इम्तियाज़ आलम,क्षेत्रीय सभापती रमेश पाण्डेय,नगर अध्यक्ष भोला साह कलवार,नेता हुकुम सिंह,नेविनसंघ पर्सा संयोजक दिलीप राज कार्की,कांग्रेस युवा नेता राकेश यादव रामबाबू पटेल,बूथका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.