logo

पर्सा ३ का सासद रौनीयारको स्थानीय पूर्वाधार साझेदार बैठक रोकियो

      11/12/2018 गते 00 00 मा प्रकाशित     1985   पटक पढिएको

कात्तिक,२६ वीरगञ्ज । पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित हरिनारायण प्रसाद साह रौनीयारको को स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको बैठक हुन सकेन  । सोमवार ३ बजेकालागि स्थानीय बिकास अधिकारी शिव लम्सालले बैठक तय गरेका थिए ।

 

सोमवार बिहान रौनीयार सांसद सदस्यबाट निलम्बित भएको संसद सचिवालयको पत्र सामाजिक संजालमा भाइरल भएपछि बैठक स्थागती हुन पुगेको हो । 

 

यस अघि उनी निलम्वीत भएको पत्र आएको थिएन त्यसैले बैठक तय भएको थियो । निर्वाचित सांसदका लागि स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम मार्फत ४ करोड रुपैयाँ खर्च गर्न सक्ने व्यवस्था छ ।

 

संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले हस्ताक्षर गरेको पत्र जिल्ला समन्वय समिति पर्सामा आएपछि साझेदार बैठक स्थगीत गरिएको  जिल्ला समन्वय अधिकारी एवं उप सचिव शिवप्रसाद लम्सालले जानकारी दिए ।

 

संसद सचिवालयको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएकोले संसद नियमावलीमा भएको व्यवस्था अनुसार असोज १९ गतेदेखि नै सांसद रौनियार स्वतः पद निलम्वनमा परेको कुरा उल्लेख गरिएको छ ।

 

बर्दियाको बबई जब्दीघाट पुल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध असोज १९ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । तर सासद रौनीयारले संसद सचिवालयका महासचिवको नाममा प्रेषीत भएको पत्र प्रति आशंका उत्पन्न गरेका छन । उनले प्रतिनिधि सभा संचालन ऐनको दफ २४४ का अनुसार आफू निलम्बनमा पर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन ।

 

उनले पत्र कसरी आयो किन आयो त्यसको बैद्यताको बिषयमा समेत आशंका ब्यक्त गरेका छन । पत्रमा दावी लिइएका ऐनका दफाहरुले समेत सासद पद निलम्बन हुने अवस्था स्थिति नरहेको आफनो बुझाई रहेको प्रष्ट पारेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.