logo

पूर्व सभासद रुङ्गटा र मेयर सरावगी साडी बोकेर गरिवका घर घरमा 

      11/12/2018 गते 00 00 मा प्रकाशित     931   पटक पढिएको

कात्तिक,२६ वीरगञ्ज ।  नेपाली कांग्रेसका पूर्व सभासद अनिल रुंगटाले दलित तथा गरिब ब्रतालु महिलालाई सडी वितरण गरेका छन । छठ पर्वको अवसरमा पर्सा क्षेत्र न १ का नेपाली कांग्रेस सांसदका उम्मेदवार तथा पूर्व सभासद अनिल रुंगटाले ब्रतालु महिलालाई साडी वितरण गरेका हुन् । 


पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को १९ वटा वडामा दुई दिनमा एक हजार पाँच सयवटा साडी वितरण गरेका हुन् । विपन्न तथा गरिब समुदायमा छठ मनाउन लागि अन्दाजी ६ लाख रुपैयाँ बराबरको साडी वितरण गरिएको हो । 

 

चाडपर्वमा एक समुदायले अर्को समुदायलाइ विभिन्न उपहार दिएर आपसी भेदभाव हटाउन वीरगन्जका १९ वटा वडामा साडी वितरण गरिएको रुंगटाको भनाइ छ । वीरगन्जको २,४,५,७,८,१६ सहित १९ वटा वडामा साडी वितरण गरिएको हो ।  

 

चाडपर्वका बेलामा गरिब भएकै कारण हीनतबोधको अवस्था नआओस भनेर साडी वितरण गरिएको रुङटाको भनाई छ । घरघरमै गएर उत्साहका साथ पर्व मनाउन आग्रह गर्दै साडी उपहार दिएको उनले बताएका छन् । 


यसैगरि  वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी  तथा प्रदेस सभा सांसद रागीनी वर्णवालले महानगरपालिकामा रहेका विभिन्न वडाका दलित ब्रतालु परिवारलाई साडी तथा आर्थिक सहयोग बितरण गरेका छन ।

 

सोमबार विहान वीरगन्ज महानगरपालिकाका वडा नम्बर १,५,१५,१३,२३ र २६मा रहेका दलितवस्तीहमा पुगी नगर प्रमुख सरावगी र सांसद बर्णवालले ३ सय छठ ब्रतालुहरुलाई साडी तथा आर्थिक सहयोगहस्तान्तरण गरेका हुन । 


विभिन्नवडाहरुमा सम्पन्न भएको छठसामग्र वितरण कार्यक्रममा संघीय समाज वादी फोरम नेपाल पर्साका जिल्ला कोषाध्यक्ष रबि बर्णवाल ,सहसचिव एवम नगर प्रमुख सरावगीका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी,युवा नेता सज्जन अग्रवाल,प्रकाश शर्मा,तथा महमह नासिर खाल लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.