पटेर्वा २८ कार्तिक ।
प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्र्तगत पर्साको पटेर्वा सुगौलीमा आज पालिका स्तरीय समिति निर्माण भएको छ ।
पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय स्तरमा शान्ति सुब्यवस्था कायम राख्नकालागि पालिका स्तरीय नागरि तथा सुरक्षा निकायका ब्यक्तिहरुको सहभागितामा समिति बनेको हो ।
बिकासकालागि शान्तिपूर्ण वतावरणको आवश्यकता भएकोले नेपाल सरकारको गृहमंत्रालय र नेपाल प्रहरीको मुख्यालयले समुदाय र प्रहरीको साझेदारी अवधकरणालाई कार्यान्वयनमा ल्याएको हो ।
पालिका स्तरीय समतिमा इलाका प्रहरी कार्यालय पटर्वा सुगौलीका प्रहरी निरिक्षक आशिष अधिकारी संह संयोजक पालिकाका उपाध्यक्ष संह संयोजक वडाध्यक्षहरु नागरिक समाजका अगुवा तथा संचारकीर्मीहरु सदस्य रहेका छन ।
तपाईको प्रतिक्रिया