logo

पर्साको सबै बिद्यालयमा गुनासो सुनवाई समिति संचालन गर्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता

      1/18/2019 गते 00 00 मा प्रकाशित     883   पटक पढिएको

                    
माघ, ४ पुस ।
पर्सा जिल्लाको सबै बिद्यालयमा बालबालिका गुनासो समिति संचालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।शुक्रबार दिउसो वीरगन्जको होटल सुरजमा सम्पन्न भएको एक कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।

 

शिक्षामा बाल बालिकाकोहक र समानताको अधिकार सम्बन्धि एक  दिने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिवद्धता व्यक्त गर्दै सबै बिद्यालयमा  लैगीक सम्पर्क व्यक्ती चयन गर्ने सहमती जनाएका छन ।

 

युनिसेफको सहकार्य एवम सहयोगमा शिक्षा तथा मानव विकास श्रोत केन्द्रले  आयोजना गरेको कार्यक्रममा लैंगीक छमता र हिसां तथा बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै  जसरी पनि  २२० दिन बिद्यालय संचालन गर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका थिए ।

 

शिक्षा तथा मानव विकास श्रोत केन्द्रका उपमहानिर्देशक चुडामणी पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सबै विद्यालयहरुमा गुनासो पेटिका राखेर वाल वालिकाहरुको गुनासोलाई सुनवाइ समितिद्धारा अनिवार्य रुपमा सुन्नेकार्यलाई अबिलम्ब संचालन गर्ने प्रतिवद्धता सबै जनप्रतिनिधिहरुले व्यक्त गरेका छन।

 

 वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरवागीले  बालिका बिभेदलाई अन्त नगरिएसम्म शिक्षाको विकासमा तिब्रता नआउने बताउदै छोरा छोरीबिचको बिभेद गर्ने अभिभावकहरुलाई हदैसम्मको कार्यवाही गर्नु पर्ने बिचार ब्यक्त गरे ।

 

 उनले  बिद्यालयलाई बालबालिका मैत्री बनाउन छात्राहरुको लागी विद्यालयमासेनेट्री पैडको व्यवस्थापन गर्नुको साथै शौचालय नभएको बिद्यालयहरुमा अबिलम्ब शौचालय निर्माण गनेृ बताए।

 

नगर प्रमुख सरावगीले पहुच भन्दा वाहिर रहेका बालबालिकालाई विद्यालय मुखी बनाउन  दिवा खाजा लगायतकतका विभिन्न रचनात्मक कार्यक्रम महानगरपालिकाले योजना लागु गर्न लागेको बताए । उपप्रमुख शान्तिकार्किले स्थानीय निकायले शिक्षा क्षेत्रमा गरेको प्रतिवद्धतालाई कार्यान्वय गर्न जोड दिदै बिद्यालयलाई बालबालिका मैत्री बनाउन गुनासो समिति संचालनले बिद्यालयमा रहेको धेरै बिभेदहरुको अन्त्य हुने आशा व्यक्त गरिन।

 

कार्यक्रममा सहभागी स्थानीय निकायका प्रमुख ,उपप्रमुख जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रतिनिधि,नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान उपाध्यक्ष के.सी.लामिछाने पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार उपप्रमुख सलमा खातुन जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मिया,  सखुवा प्रसौनी गाउपालिकाका अध्यक्ष प्रदीप जयसवाल शिक्षा तथा मानव विकास श्रोतकेन्द्रका निर्देशक खगेन्द्र सिह,एजुकेशनल पेजेजका लव अवस्थी युनिसेफ शिक्षा सेक्सनका डिली पौडेल,वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण  लगायत अधिकारीहरुले शिक्षामा विद्यमान रहेको असमानता,प्राथमिक तहमा मातृभाषाको आवश्यकता,शिक्षमा दलितमा अधिकार लगायत विभिन्न बिषयहरुको बारेमा सरकारले व्यवस्थापन गरिएको अवधारणाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । 


रामप्रवेश साहले संचालन र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले सहभागीलाई स्वागत गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.