logo

पर्साको सबै बिद्यालयमा गुनासो सुनवाई समिति संचालन गर्ने जनप्रतिनिधिहरुको प्रतिवद्धता

      1/18/2019 गते 00 00 मा प्रकाशित     992   पटक पढिएको

                    
माघ, ४ पुस ।
पर्सा जिल्लाको सबै बिद्यालयमा बालबालिका गुनासो समिति संचालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।शुक्रबार दिउसो वीरगन्जको होटल सुरजमा सम्पन्न भएको एक कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।

 

शिक्षामा बाल बालिकाकोहक र समानताको अधिकार सम्बन्धि एक  दिने अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिवद्धता व्यक्त गर्दै सबै बिद्यालयमा  लैगीक सम्पर्क व्यक्ती चयन गर्ने सहमती जनाएका छन ।

 

युनिसेफको सहकार्य एवम सहयोगमा शिक्षा तथा मानव विकास श्रोत केन्द्रले  आयोजना गरेको कार्यक्रममा लैंगीक छमता र हिसां तथा बिद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै  जसरी पनि  २२० दिन बिद्यालय संचालन गर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका थिए ।

 

शिक्षा तथा मानव विकास श्रोत केन्द्रका उपमहानिर्देशक चुडामणी पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सबै विद्यालयहरुमा गुनासो पेटिका राखेर वाल वालिकाहरुको गुनासोलाई सुनवाइ समितिद्धारा अनिवार्य रुपमा सुन्नेकार्यलाई अबिलम्ब संचालन गर्ने प्रतिवद्धता सबै जनप्रतिनिधिहरुले व्यक्त गरेका छन।

 

 वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरवागीले  बालिका बिभेदलाई अन्त नगरिएसम्म शिक्षाको विकासमा तिब्रता नआउने बताउदै छोरा छोरीबिचको बिभेद गर्ने अभिभावकहरुलाई हदैसम्मको कार्यवाही गर्नु पर्ने बिचार ब्यक्त गरे ।

 

 उनले  बिद्यालयलाई बालबालिका मैत्री बनाउन छात्राहरुको लागी विद्यालयमासेनेट्री पैडको व्यवस्थापन गर्नुको साथै शौचालय नभएको बिद्यालयहरुमा अबिलम्ब शौचालय निर्माण गनेृ बताए।

 

नगर प्रमुख सरावगीले पहुच भन्दा वाहिर रहेका बालबालिकालाई विद्यालय मुखी बनाउन  दिवा खाजा लगायतकतका विभिन्न रचनात्मक कार्यक्रम महानगरपालिकाले योजना लागु गर्न लागेको बताए । उपप्रमुख शान्तिकार्किले स्थानीय निकायले शिक्षा क्षेत्रमा गरेको प्रतिवद्धतालाई कार्यान्वय गर्न जोड दिदै बिद्यालयलाई बालबालिका मैत्री बनाउन गुनासो समिति संचालनले बिद्यालयमा रहेको धेरै बिभेदहरुको अन्त्य हुने आशा व्यक्त गरिन।

 

कार्यक्रममा सहभागी स्थानीय निकायका प्रमुख ,उपप्रमुख जिल्ला प्रहरी कार्यालय महिला सेलका प्रतिनिधि,नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान उपाध्यक्ष के.सी.लामिछाने पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार उपप्रमुख सलमा खातुन जगरनाथपुर गाउपालिकाका अध्यक्ष जालिम मिया,  सखुवा प्रसौनी गाउपालिकाका अध्यक्ष प्रदीप जयसवाल शिक्षा तथा मानव विकास श्रोतकेन्द्रका निर्देशक खगेन्द्र सिह,एजुकेशनल पेजेजका लव अवस्थी युनिसेफ शिक्षा सेक्सनका डिली पौडेल,वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्ण  लगायत अधिकारीहरुले शिक्षामा विद्यमान रहेको असमानता,प्राथमिक तहमा मातृभाषाको आवश्यकता,शिक्षमा दलितमा अधिकार लगायत विभिन्न बिषयहरुको बारेमा सरकारले व्यवस्थापन गरिएको अवधारणाहरुको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । 


रामप्रवेश साहले संचालन र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवानले सहभागीलाई स्वागत गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.