logo

छोरीलाई किन अलपत्र पार्यौ निकिता ?

      1/22/2019 गते 00 00 मा प्रकाशित     848   पटक पढिएको

बीरगंज ८ माघ । 

टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग चौथो र निकिताले दोस्रोपटक रविसँग विवाह गरेकी छन् ।

कुरा व्यक्तिगत नै हो, तर पात्रहरु सार्वजनीक सरोकारका बिषयसंग सम्बद्ध छन ।

जनसरोकारसँग जोडिएका पात्रबाट समाजले के सिक्ने ? रविको यस्तो कदमले उनीबाट जन्मिएका वैधानिक दुई छोरी मात्र हैन, पछिल्ली पत्नी निकिताबाट जन्मिएकी छोरीले पनि पीडा सहनुपर्ने भएको छ । समाज सानो छ र उदाहरणस्वरूप उठिरहने यस्ता प्रसंगले पनि सन्तानलाई जीवनभर यातना भइरहन्छ ।

खासमा पूर्वपत्नी इशासँग सम्बन्धविच्छेदको प्रसंग आउँदा आफूहरू सम्बन्धमा नरहेको जिकिर गर्ने जोडीले सुन्ने र देख्नेलाई कति बेबकुफ बनाइरहेका थिए भन्ने कुरा उनीहरूको विगत कोट्याउँदा प्रष्ट हुन्छ । निकिता पतिसँग सम्बन्धविच्छेद नगरी बाह्य सम्पर्कमा थिइन् ।

 

तथ्यहरूले भन्छ, घरमा पति हुँदाहुँदै उनी १० महिनादेखि रविसँग मित्रपार्कस्थित अम्बे अपार्टमेन्टमा लिभिङ टुगेदरमा थिइन्, रवि पनि पत्नीसँग औपचारिक सम्बन्धमा रहँदारहँदै परस्त्रीसँग थिए । कानुन वा दुनियाँका आँखा त पर्दाले छोपिएला, तर के सामाजिक मर्यादा र नैतिक बन्धनले यस्तो गर्न दिन्छ ? निकिताले गत असार १५ गते काठमाडौं जिल्ला अदालतमा पति अभयबहादुर शाहविरुद्ध सम्बन्धविच्छेद र अंश चलनसम्बन्धी मुद्दा दायर गरेकी थिइन् ।

 

उनलाई सम्बन्धविच्छेद भन्दा बढी अंश चाहिएको थियो । अभय । हिमालय बैंकमा जागिर खान्छन्, महाराजगञ्जस्थित शान्तिकुञ्ज–निर्मल निवासछाडि, टुँडालदेवी वरै, ब्राजिल दूतावाससँगै घर छ । मुद्दाको प्रक्रिया चल्दै जाँदा सम्पत्ति विवरण पेश गर्ने चरण आउँदै थियो । तर, अकस्मात् असोज लागेपछि ‘अहिल्यै, तुरुन्तै चाहियो’ भन्ने शैलीमा निकिता पेश हुँदा अन्ततः अंश मामिलाको समय नआउँदै असोज १७ गते हतार–हतार पतिसँग सम्बन्धविच्छेद हुने गरी मिलापत्र गरिन् ।

 

यसो गरिरहँदा आउँदो २७ अप्रिलका दिन १२ वर्ष पुग्ने ९जन्म सन् २००७० छोरी अवनिकाको जिन्दगीसँग उनको कुनै सौदाबाजी रहेन । ‘दिए लान्छु, नभए चाहिएन’ भन्दै सम्बन्धविच्छेद गरेकी हुन् । र, छोरी बाबुकै संरक्षणमा रहने भइन् ।


निकितासँग बाबुबाट प्राप्त टिभी फिल्मीको स्वामीत्व छ । गोपिकृष्ण हल उनका काका उज्ज्वल, भाइहरू निरक र निरजको भागमा परेको छ । बाबु उद्धव भने फिल्मी लफडाबाट पन्छिएर ओम हस्पिटल र ओम कलेज सञ्चालक समितिको अध्यक्ष भई बसेका छन् ।


आफ्नो रमाइलोका लागि आफूसँग जोडिएका वा आफैँले जन्माएका महिला (छोरी वा पत्नी) को जीवनसँग खेलबाड गर्ने र प्रश्न उठ्दा उल्टै ठूलो स्वर गर्ने भएपछि कस्तो समाज निर्माण होला ? यसबीच, सरकारले पदीय हैसियतसम्बन्धी कुरामा निकितासँग स्पष्टीकरण सोधेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.