logo

कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न मंचको माँग,ठगी बिरुद्ध कानूनी लडाई लडने उद्धघोष

      11/25/2019 गते 00 00 मा प्रकाशित     833   पटक पढिएको

वीरगन्ज, १० मंसिर । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा एमबिबिएस १८ औ ब्याचका प्रथम वर्षका विद्यार्थी आन्दोलन र आन्दोलन माथि सिनियरको नाममा भईरहेको दमन प्रति उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश नं २ को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

मञ्चका अध्यक्ष के.सी .लामिछानेले विज्ञप्ति जारी गर्दै सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, नेशनल मेडिकल कलेजले एमबीबीएस १८ औं ब्याचको पहिलो वर्षका विद्यार्थीबाट ५ देखि ७ लाखसम्म अतिरिक्त शुल्क उठाएको देखिएकोले कलेजले सरकारले तोकेको भन्दा बढी रकम असुल गरेर कानूनी राज्यको उपहास गरेको जनाएको छउल्लेख छ ।

 

 कलेजले विभिन्न बहानामा थप पैसा असुल्दै गर्दा राज्य तमासा हेरेर बसेको जनाउदै कलेजले बिद्यार्थी र अभिभावकसँग अतिरिक्त शुल्क उठाउनु उपभोक्त हित संरक्षण ऐनको बर्खिलाप रहेको मञ्चले जनाएको छ । कलेजले मनोमानी गर्ने र राज्य मुकदर्शक बनिरहेको प्रति मंचको गम्भिर आपत्ती रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । मंचले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गनर्स पर्ने र सरकारले तोके भन्दा बढी शुल्क लिएर गैरकानूनी काम गरेकोले कलेजलाई कानूनी कारवाही हुनु पर्ने मंचको माँग रहेको छ ।

 

कानुनी राज्यमा गैरकानुनी क्रियाकलाप गर्ने उपभोक्ता हित विपरित काम गर्ने जो कोहि दण्डको भागीदार बन्नुपर्छ भन्ने मञ्चले जोडदार माग गरेको छ ।

 

आन्दोलनमा उत्रिएका बिद्यार्थीमाथि कलेज ब्यवस्थापनको तर्फबाट धाक  धम्की दिएर त्रासको वतावरण बनाउने काम अविलम्ब रोक्न र स्थानीय प्रशासनलाई बिद्यार्थीहरुको सम्पूर्ण सुरक्षाको ब्यवस्था मिलाउन बिज्ञप्ति मार्फत मंचले अपिल समेत गरेको छ ।

 

सरकारले तोके भन्दा बढी शुल्क तिर्न बाध्य बिद्यार्थी तथा अभिभावकलाई आफूले तिरेको बिल सहित उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश २ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । कलेजले अतिरिक्त शुल्क लिएर अभिभावको ढाड सेक्ने कामलाई संस्थाले कानूनी मार्गको अवलम्बन गरेर चुनौती दिने र उपभोक्ता अधिकारको संरक्षणमा भूमिका खेल्ने कुरा बिज्ञप्तिमा जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.