logo

कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न मंचको माँग,ठगी बिरुद्ध कानूनी लडाई लडने उद्धघोष

      11/25/2019 गते 00 00 मा प्रकाशित     948   पटक पढिएको

वीरगन्ज, १० मंसिर । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा एमबिबिएस १८ औ ब्याचका प्रथम वर्षका विद्यार्थी आन्दोलन र आन्दोलन माथि सिनियरको नाममा भईरहेको दमन प्रति उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश नं २ को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

मञ्चका अध्यक्ष के.सी .लामिछानेले विज्ञप्ति जारी गर्दै सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, नेशनल मेडिकल कलेजले एमबीबीएस १८ औं ब्याचको पहिलो वर्षका विद्यार्थीबाट ५ देखि ७ लाखसम्म अतिरिक्त शुल्क उठाएको देखिएकोले कलेजले सरकारले तोकेको भन्दा बढी रकम असुल गरेर कानूनी राज्यको उपहास गरेको जनाएको छउल्लेख छ ।

 

 कलेजले विभिन्न बहानामा थप पैसा असुल्दै गर्दा राज्य तमासा हेरेर बसेको जनाउदै कलेजले बिद्यार्थी र अभिभावकसँग अतिरिक्त शुल्क उठाउनु उपभोक्त हित संरक्षण ऐनको बर्खिलाप रहेको मञ्चले जनाएको छ । कलेजले मनोमानी गर्ने र राज्य मुकदर्शक बनिरहेको प्रति मंचको गम्भिर आपत्ती रहेको विज्ञप्तिमा उल्लेख गरेको छ । मंचले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गनर्स पर्ने र सरकारले तोके भन्दा बढी शुल्क लिएर गैरकानूनी काम गरेकोले कलेजलाई कानूनी कारवाही हुनु पर्ने मंचको माँग रहेको छ ।

 

कानुनी राज्यमा गैरकानुनी क्रियाकलाप गर्ने उपभोक्ता हित विपरित काम गर्ने जो कोहि दण्डको भागीदार बन्नुपर्छ भन्ने मञ्चले जोडदार माग गरेको छ ।

 

आन्दोलनमा उत्रिएका बिद्यार्थीमाथि कलेज ब्यवस्थापनको तर्फबाट धाक  धम्की दिएर त्रासको वतावरण बनाउने काम अविलम्ब रोक्न र स्थानीय प्रशासनलाई बिद्यार्थीहरुको सम्पूर्ण सुरक्षाको ब्यवस्था मिलाउन बिज्ञप्ति मार्फत मंचले अपिल समेत गरेको छ ।

 

सरकारले तोके भन्दा बढी शुल्क तिर्न बाध्य बिद्यार्थी तथा अभिभावकलाई आफूले तिरेको बिल सहित उपभोक्ता हित संरक्षण मंच प्रदेश समिति प्रदेश २ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ । कलेजले अतिरिक्त शुल्क लिएर अभिभावको ढाड सेक्ने कामलाई संस्थाले कानूनी मार्गको अवलम्बन गरेर चुनौती दिने र उपभोक्ता अधिकारको संरक्षणमा भूमिका खेल्ने कुरा बिज्ञप्तिमा जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.