logo

महुवनमा आजबाट मौन अवधी शुरु हुने ,त्रिपक्षीय प्रतिस्पर्धा,उम्मेदवारहरुको आ आफनै दावी

      11/27/2019 गते 00 00 मा प्रकाशित     979   पटक पढिएको

वीरगंज ११ मंसीर। सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ५ महुवनमा हुने उपनिर्वाचनको आज बाट मौन अवधी शुरु हुने भएको छ । चुनावी मैदान पाँच जना उम्मेदवार भएपनि त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

 

वडाध्यक्षकालागि नेपाली कांग्रेस ,नेकपा र समाजवादी पार्टीका उम्मेदवारवीच प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीहरुको आकलन रहेको छ । नेपाली कांग्रेसको तर्फबाट अशेश्वर यादव,नेकपाको तर्फबाट उदयशंकर रौनीयार र समाजवादी पार्टीका तर्फबाट तत्कालीन वार्डअध्यक्ष बृजमोहन यादवका पुत्र रुपलाल यादव चुनावी मैदानमा रहेका छन ।

 

तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित वडाध्यक्ष बृजमोहन यादवको हृदयघातबाट निधन भए पछि उनको ठाउँमा उपनिर्वाचन हुँदै छ । सपाले बृजमोहनका ठूलो छोरा रुपलाललाई उम्मेदवार बनाएको छ ।

गाउँपालिकामा समाजवादी पार्टीले जितेको छ । सत्ता र स्रोतमा उसको पहुच भएकोले सपाको उम्मेदवार बलियो ठान्ने तर्कहरु छन । तर गाउँपालिकाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भएका निरराज गिरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

 

असेश्वर यादव रुाजनीति बिरासतमै पाएका उम्मेदवार हुन । निर गिरीको प्रभावका कारण चुनावी रेसमा यादव अगाडि छन भन्नेहरुको संख्या पनि धेरै नै छ । असेश्वर यादव राजनीतिक ब्यक्ति भएपनि उनीमा स्थिरता भने छैन ।

 

पार्टी फेर्दै हिडने उनको बानी रहेको छ ।  असेश्वर यादव र रुपलाल यादव एउटै बलुवा टोलको भएको र त्याहाको भोट वाँडिने भएकोले महुवन बाट एकल उम्मेदवार रहेका नेकपाका उदयशंकर रौनीयार द्विपक्षीय संघर्षको वीचबाट फूत्त निस्कन सक्ने उम्मेदवारको रुपमा हेरिएका छन । 

चुनाव हुन लागेको वडा अन्तर्गत महुवन, बलुवा र सोलखपुर पर्दछ । सपा र नेकाले बलुवाको उम्मेदवार बनाएको छ भने नेकपाले महुवनको उम्मेदवार बनाएको छ । 


राप्रपाले महुवन कै सदरी महरालाई उम्मेदवार बनाएको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारी दिएका महुवन कै गोपाल साह कानुलाई नेपाल समाजबादी पार्टीका नेता राजकुमार यादवको साथ रहेको छ ।

 

आजै राती १२ बजे देखि मौन अवधी समेत सुरु हुने भएकाले उम्मेदवारहरु चुनाव प्रचार प्रसारलाई अन्तिम रुप दिन पनि लागेका छन् । मुख्य प्रतिस्पर्धी दल सपा, नेका र नेकपाका शिर्ष नेताहरु पनि आ आफ्नो दलका उम्मेदवारका लागि भोट मागी रहेका छन् ।

पर्साको एक मात्र महुवनमा हुन लागेको उपनिर्वाचनका सबै उम्मेदारहरुले आफू नै चुनाव जित्ने दाबी  गरेका छन् । मतदातहरुले पार्टी होईन ब्यक्तिलाई देखेर मतदान गर्ने बताईरहेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.