logo

ठाकुरराम क्याम्पसका तीनजना प्राध्यापकहरु थुनिए 

      11/27/2019 गते 00 00 मा प्रकाशित     2624   पटक पढिएको

वीरगन्ज, ११ मंसिर । मुलुककै जेठो क्याम्पस ठाकुरराम क्याम्पसमा बुधबार विद्यार्थीहरुले सहायक क्याम्पसका प्रमुख सहित तीनजालाई बैठक कक्षमा थुनेका छन् ।

 

क्याम्पसमा अवैधानिक प्रकृयाबाट कर्मचारी तथा अांशीक प्राध्यापक भर्ना गरेको विरोधमा अनेरास्ववियुले सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन प्रमुख राजकुमार श्रीवास्तवलाई बैठक कक्षमा थुनेका हुन् ।

 

शिक्षाको मन्दिरमा गुणस्तरीय जनशक्ति नियुक्त गर्नुपर्नेमा आफ्नो नातेदारका लागि भर्ना खुला गरेर आफ्नालाई प्राथमिकता दिएको र  माग भन्दा पनी बढी कर्मचारी समेत नियुक्त गरेको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् । क्याम्पसमा समाजशास्त्र संकायमा शिक्षकहरु हुदाहुदै पनि आफन्तलाई जागिर खुवाउनका लागि क्याम्पसले मनपरि ढंगबाट भर्ना खोलेर नियुक्त गरेको विद्यार्थीहरुको आरोप छ ।

 

क्याम्पसले अनियमित तरिकाले जनशक्ति भर्ना गरेको भन्दै क्याम्पस प्रमुख सहित प्रशासन शाखाहरूमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको भएपनि प्रक्रिया नै पूरा नगरी क्याम्पस प्रशासनका केही व्यक्तिले आफ्ना नातेदार र निकटका व्यक्तिलाई नियुक्ति गरेको विद्यार्थीहरुले बताएका छन् ।

 

शिक्षा जस्तो सम्वेदशील क्षेत्रमा समेत नातावाद र कृपावाद गर्नु जायज नभएको भन्दै शिक्षा संग खेलवाड गर्ने कर्मचारी र प्रशासनलाई कुनै हालतमा आफ्नो मनोमानी गर्न नदिने अनेरास्ववियुका नेता संदीप विक्रम साहले बताउनु भयो । गलत ढंगबाट भएको सम्पूर्ण नियुक्ति खारेज नभए सम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ  ।

 

आफ्नो ब्यक्तिगत स्वार्थका लागि  क्याम्पसलाइ बन्धक बनाएर आफ्ना निकटका व्यक्तिहरुलाई भर्ना गर्ने अखडा बनाएको भन्दै आंशिक् प्राध्यापक संघ र बिभागीय शिक्षकहरुलेले पनि विरोध जनाएका छन ।  व्यापक विरोधका बावजुद पनि क्याम्पस प्रशासनले जबरजस्ती ढंगबाट जनशक्ति भर्ना गरेको उनीहरुको दावी छ ।


यो पनि पढनुहोस

http://esimana.com/detail/2336/ठकररमम-शकषक-नयकतक-बजञपन-खरज-गरन-मग

http://esimana.com/detail/2328/ठकररम-कयमपसम-तलबनदक-बरदध-पन-तलबनद

 

अनेरास्ववियुसँगै राजपा निकटको राष्ट्रिय विद्यार्थी संघ र समाजवादी पार्टी निकटको समाजवादी विद्यार्थी युनियनले पनि क्याम्पसमा तालाबन्दी गरेर सहायक क्याम्पस प्रमुख सहित तीनजनालाई बैठक कक्षमा थुनेका छन ।

 

आन्दोलनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा क्याम्पस प्रमुख डाक्टर प्रमोद कुश्वाहाको पुत्ला पनि जलाएका थिए । विद्यार्थीहरुले जलाएको पुत्ला खोस्ने क्रममा प्रहरी र विद्यार्थीहरुबीच केहीबेर तनाव भएको थियो ।

 

जलाएको पुत्ला खोसाखोस गर्ने क्रममा केही विद्यार्थीहरुलाई आगोले पोलेर घाईते भएका छन् । राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मधुसुदन चौसियाका अनुसार सागीर अली,शशी सर्।ाफ,सुमित चौरसिया,आर्यन नीतिश पटेल सामान्य घाइते भएका छन ।

 

विद्यार्थीहरुले भने प्रहरीले लाठी चार्ज गरेको आरोप लगाएका छन् । घटनास्थलमा रहेका वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले भने विद्यार्थीहरुमाथि कुनै किसिमको बल प्रयोग नगरिएको बताउनु भयो ।  

निमित्ति क्याम्पस प्रमुख प्रमोद गुप्ताले भने कर्मचारी तथा आशीक प्राध्यापकहरुको भर्ना बिद्यार्थीहरुको चासो भित्र नपर्ने बताउनु भयो । बिद्यार्थीहरुले भने क्याम्पसका सबै शाखामा तालाबन्दी गरेका छन । कुनै पनि शाखा खुला नभएपनि शिक्षक तथा कर्मचारीहरुको नियुक्ति प्रक्रिया पुरा भएकोमा प्राध्यापक तथा बिद्यार्थीहरुसमेत आश्चर्यमा परेका छन ।

 

प्राध्यापक तथा कर्मचारीहरुको फाइल सबै तलाबन्दीका कारण भित्र छ तर अन्र्तवार्ता भयो नाम निस्क्यो नाम निस्केको सूचनामा न चलानी छ न त दर्ता नम्बरनै यस्तो पाराले नै नियत देखिएको बिद्यार्थीहरुको टिप्पणी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

परालको भुसभित्र १५ लाखको काजु बरामद, ट्रक सहित पनि चालक पक्राउ

बागमती । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टमा प्रहरीले विशेष सूचनाका आधारमा ठुलो परिमाणमा काजु बरामद गरेको छ

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.