logo

प्रभू अस्पतालमा रक्तदान,गुणस्तरीय सेवा दिन अस्पताल दत्तचित्त

      11/28/2019 गते 00 00 मा प्रकाशित     2011   पटक पढिएको

बीरगंज १२ मंसीर । प्रभू अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ महिला सहित १ सय २२ जनाले रक्तदान गरेका छन ।

 

रगत दिएर जीवन दान गर्ने महत्वपूर्ण कामलाई संस्कृतिको रुपमा बिकास गर्ने दिशामा अस्पतालको आयोजना प्रशंसनीय रहेको समाजशास्त्री बीरेन्द्र शाहले टिप्पणी गर्नु भयो ।

 

निजी क्षेत्रबाट संचालीत अस्पतालले आफनै आयोजनामा रक्तदान गरेको बीरगंजको यो पहिलो कार्यक्रम हो । यस्ता रचानात्मक कार्यक्रमले अस्पतलाको सेवाप्रतिको सर्मपणलाई बुझन मद्धत पुग्ने उहाँको भनाई छ ।

 

गुणस्तरीय सेवा प्रत्याभूत गर्न अस्पताल गम्भिर छ भन्ने कुरा यो कार्यक्रमले देखाएको छ उहाँले भन्नु भयो अस्पतालमा भर्ना भएका बिरामीलाई आवश्यक पर्ने रगतको जोहो गर्नकालागि यो रक्तदान कार्यक्रमले सहजता ल्याउछ ।

 

सामाजिक रुपमा सेवा प्रदान गर्ने उद्धेश्यले संचालनमा आएको अस्पतालले सामाजिक उत्तरदायित्वलाई आत्मसात गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको अस्पतालका अध्यक्ष डा.मनोज गुप्ताले जानकारी दिनु भयो ।

 

अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा समाजका बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।रक्तदान कार्यक्रममा बीरगंज पब्लिक कलेजकासंस्थापक निर्देशक डा.दीपक शाक्यले ब्लड प्याकेट रक्तदातालाई दिएर कार्यक्रमको शुभारम्भ गर्नुे भएको थियो । 


कार्यक्रमा अस्पतालका संचालक डा.लक्ष्मी थापा,नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष के.सी.लामिछाने,जिल्ला अध्यक्ष श्याम बन्जारा,प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटे,नेपाल रेडक्रस सोसाइटी पर्साका श्रमीती मधु राणा,समग्र ट्रेड युनियनका केन्द्रीय सदस्य गीता भण्डारी ,बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई ,बीरगंज महानगरपालिका वडा नं ८का अध्यक्ष राजकिशोर गुप्ता,लगायतका सहभागिता रहेको थियो ।

 

कार्यक्रममा नवराज घिमिरे,रविन्द्र साह,आरती कुमारी,मनोज कुमार साह,पूजा साह,संजा थापा,राम श्रेष्ट लगायतले रक्तदान गर्नु भएको थियो । रक्तदान कार्यक्रममा नेपाल रक्तसंचार केन्द्रका धिरेन्द्र झाको नेतृत्वमा रहेको टोली र नर्सिङ क्याम्पसका छात्राहरुको टोलीले प्राविधिक सहयोग पु¥याएका थिए ।  रक्तदान कार्यक्रमको संचालन अस्पतालका प्रशासकीय अधिकृत लक्ष्मी खरेलले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.