logo

पर्साको महुवनमा मतदान शान्तिपूर्ण रुपमा हुदै

      11/29/2019 गते 00 00 मा प्रकाशित     894   पटक पढिएको

वीरगंञ्ज १४ मंसीर। पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५ महुवनको उपनिर्वाचन आज कडा सुरक्षाको बिच शान्तिपूर्ण रुपले भइरहेको छ । श्री नेपाल राष्ट्रिय मा‍.वि. महुवनमा मतदान केन्द्रमा कडा सुरक्षाको विच विहान ७ बजे देखी सुरु भएको मतदान शान्तिपूर्ण रुपले भइरहेको छ ।

मतदान केन्द्रलाई तीन तहको सुरक्षा निकायले सुरक्षा दिइरहेको छन् । पहिलो चरणमा जनपथ प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना गरी तीन तहकाृ सुरक्षा मिलाइएको छ  । २५ जना सेना गरी जनपथ र सशसत्र प्रहरी वाक्लो संख्यामा शान्ति सुरक्षाको लागि खटाइएको छ ।
महुवन मतदान केन्द्रमा मतदान गर्नको लागि मतदाताहरु लाइनमा बसेका  छन ।


मतदान केन्द्र भन्दा ५ सय मिटर टाढा आम जनतालाई राखिएको छ । आ आफ्नो उम्मेदवारको समर्थनमा उम्मेदवारी दिएका दलका नेता तथा स्थानीयहरुको भिड लागेको छ । वडाध्यक्षको लागि भइरहेको उपचुनावमा २ हजार ६ सय २ मतदाता रहेका छन् ।
जस मध्ये  १ हजार १ सय जनाले मतदान गरि सकेका छन। 

नेकपाबाट उदयशंकर रौनीयार, नेपाली कांग्रेसबाट अशेसर यदाव, समाजवादी पार्टीबाट रुपलाल यादव, राप्रपाबाट सदरी महरा र स्वतन्त्र उम्मेदवार गोपाल साह कानु गरी ५ जना चुनावी प्रतिस्पर्धामा छन् । राजपा को तफबाट उम्मेदवारी परेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.