logo

शनीवरको बिहान एक हुल तन्नेरी गेट वे अफ नेपालको सफाईमा पुग्छन

      11/29/2019 गते 00 00 मा प्रकाशित     1361   पटक पढिएको

वीरगंज १४ मंसीर। शनीवार एक हुल तन्नेरीहरु एकाबिहानै गेटवे अफ नेपालमा पुगरे फोहर बटुल्छन । बितेको तीन हप्ता देखीको यो नियमित प्रक्रिया हो ।

 

नेपालको प्रवेशद्वार शनीवारको बिहान चिटिक्क हुन्छ । सबैको मुख बाट निस्कन्छ “वाह क्या गजव” फेरी अर्को हप्ता अवस्था उस्तै । दक्षीण भारतका एक नागरिक भेटिए उनले के हुदैछ भनेर जिज्ञासा राखे ।

 

उनलाई स्वयंसेवकहरु साप्ताहिक बिदाको दिनमा आएर यो प्रवेशद्वारको सरसफाई गर्छन भनेर एक स्वयं सेवक बुझाउदै थिए । उनले पनि बुझै झै गरेर “ग्रेट वर्क” भन्दै टाउको हल्लाए ।

 

उनको अनुहारमा देखिने भावभंगिमाबाट लाग्थ्यो नेपालीहरु अनौठो काम गर्दैछन । उनले निकैबेर सफाई अभियान नियाले ।  बीरगंजमा बिभिन्न क्षेत्रहरुमा स्वयसेवीहरुले बिभिन्न खालका अभियानहरु चलाएर राम्रोे सन्देश प्रवाह गर्न लागेका छन । कोही रक्तदानमा जुटेका छन ।

 

कोही प्लाष्टिक निषेध हर्न निषेध भन्दै जुटेका छन । कोही श्रीसिया नदीको संरक्षण र बीरगंजको सभ्याताको रक्षामा लागेका छन । स्वयसेवीहरुको यस्तो प्रयासमा स्थानीय सरकारको द¥हो साथ नपाएको कतिपयले भने गुनासो गरेका छन ।


 तेश्रो शनीवार सफाई अभियान संचालन गरेको भोलन्टीएर समुहले गरेको यो कामलाई सबैले प्रशंसा गरेका छन । पहिला महानगरले नै प्रवेशद्वारमा फोहर फालेर बीरगंजको प्रतिष्ठा लिने काम गरेको थियो ।

 

अहिले गुमेको प्रतिष्ठालाई फिर्ता गर्न यो समुहले प्रभावकारी काम गरेको छ । मेयर बिजय सरावगीनै यो अभियानमा सहभागि हुनुले पनि यही कुारको संकेत गर्छ ।  बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा सरसफाईले त्याहाका बासिन्दालाई पनि खुशी बनाएको छ ।


यसका साथै सरसफाई अभियान अन्तर्गत नै शंकराचार्यद्वारमा रहेको नेपालको झन्डा फेरिएको छ । हिजो शुक्रबार शंकराचार्यद्वारको अवलोकन तथा निरिक्षण गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले झन्डा फेर्ने गरेको आग्रह अनुसार झन्डा समेत फेरिएको भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तवले वताए ।

सरसफाई सम्पन्न पश्चात सरसफाई अभियानकर्मीहरु शंकराचार्यद्वारको झन्डा फेर्दै राष्ट्रगान समेत गाएको भोलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर वीजय सरावगी, नेकपाका युवा नेता अरबिन्द सिंह, भोलेन्टियर समुहका करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, सेशकुमार हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ, राजा सरार्फ, दिपलाल साह लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.