logo

पिप्राको नयाँबस्तीलाई आधुनीक सिटी बनाइने

      11/30/2019 गते 00 00 मा प्रकाशित     1015   पटक पढिएको

बीरगंज १४ मंसीर । पिप्राको नयाँबस्तीमा रहेको टोल बिकास समितिले आफनो टोलमा सिसि टिभी क्यामरा जडान गर्ने भएको छ । समितिको शनीवार सम्पन्न बैठकले टोलको सुरक्षा ब्यवस्था मजवुत बनाउनुका साथै आधुनीक सीटीको रुपमा टोलको बिकास गर्नकालागि सिसिटिभी क्यामरा जडानको अभियान शुरु गरेको समितिका अध्यक्ष हरि गौतमले जानकारी दिनु भयो ।

 

बैठकले एक घर चार रुखको अभियानलाई नियमित कामको अंग बनाएर अगाडि बढने निर्णय गरेको छ । ब्रमस्थानमा आउदो शनीवार भित्रमा प्रवेश लगाईसक्ने गरि जिम्मेवारी तोकिएको सचिव ऋषिराज सत्यालले बताउनु भयो ।

 

पिप्राको लिंक रोडलाई नमुना रोड बनाउनकालागि समितिले सरोकारवालाहरुसंग छलफल तिब्र बनाएको छ । सडकको ब्यूटीफिकेशनका बिषयमा परियोजनाको निर्माण पक्ष कालिका कन्सट्रक्सनका प्रमुख बिदुर ढकाललाई भेटेर समितिले आफनो चासोका बिषयहरुका बारेमा जानकारी गराएको छ ।

 

निर्माण गरिएको नालामा पानी बग्नुको साटो पानी जमेकोले नालाको पानी बग्ने वतावरण बनाउन मझौला शहरी बिकास आयोजनाका प्रमुख शैलेन्द्र श्रेष्ठलाई समितिले आग्रह गरेको छ ।

 

नयाँ रोड निर्माण भएपछि सवारीका साधनहरुको स्पीड अत्याधिक दृखिएकोले स्पीड ब्रेकर राख्न समेत समितिले निर्णय गरेको छ । समितिले गरेका निर्णयहरुलाई कायान्वयमा लैजान अध्यक्ष हरि गौतम र सचिव ऋषिराज सत्याललाई बिशेष जिम्मेवारी दिइएको उपाध्यक्ष परशुराम सिंहले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.