logo

ग्लोबल कलेजमा परिर्वतनका सन्दर्भमा गोष्ठी सम्पन्न,परिर्वतन आफैबाट शुरु गरौ

      11/30/2019 गते 00 00 मा प्रकाशित     910   पटक पढिएको

बीरगंज १४ मंसीर ।
नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेले परिर्वतन चाहनेहरुले आफैलाई परिर्वतन गर्न आवश्यक रहेको बताउनु भएको छ ।

ग्लोवल कलेज बीरगंजले आयोजना गरेको परिर्वतनकालागि हामी किन नाई ? बिषयक कार्यशाला गोष्ठीमा बोल्दै उपाध्यक्ष लामिछानेले परिर्वतनकालागि इच्छाशक्ति चाहिने बताउनु भयो ।

 

बीरगंज र हेटौडा शहरका बिभिन्न बिषयमा तुलना गरेर परिर्वतनको आवश्यकतालाई प्रष्ट पार्नु भएको थियो । बीरगंजमा अब्यवस्था बढी भएको गैर जिम्मेवारीपनमा रमाउन चाहने प्रवृति रहेको बताउदै अब्यवस्था र गैरजिम्मेवारीपनमा सुधार ल्याउन सके परिर्वतनको अनुभूती गर्न सक्ने बताउनु भयो । उहाँले कानूनी ब्यवस्थाको दायरामा रहन सकियो भने अहिले देखिएको अराजकता नियन्त्रण हुन सक्ने आधार प्रस्तुत गर्नु भयो ।

 

उपभोक्ता हित संरक्षण मंचका प्रदेश अध्यक्ष समेत रहनु भएका लामिछानेले उपभोक्ताको हितका बिषयमा समेत प्रकाश पार्न भएको थियो । गुणस्तरीय सेवा र बस्तुको उपभोग गर्न पाउनु उपभोक्ताको अधिकार हो त्यो अधिकारको उल्लंघनलाई रोक्ने आयिान नै परिर्वतन हो ।

 

त्यो परिर्वतनकालागि आफै अग्रसर हुनु पर्ने बताउनु भयो । उहाले मुलुकमा तीन तहको सरकार रहको चर्चा गर्दै नागरिक सरोकारका धेरै बिषयहरु स्थानीय सकारले आपूर्ती गर्ने कानूनी ब्यवस्था रहेको बताउनु भयो । उहाँले परिर्वतनकालागि आफू बाट शुरुवात गर्ने  र स्थानीय सरकारलाई सवाल गर्ने परिपाटीको बिकास गर्नु पर्नेमा जोड दिनु भयो ।


कलेजका निर्देशक श्रीराम दासको सभापतित्वमा भएको कार्यक्रममा कलेजका बिद्यार्थीहरुको सहभागिता रहेको थियो । कलेजका अध्यापक ओम श्रेष्ठले बिद्यार्थीहरुलाई बिभिन्न बिषयमा प्रशिक्षण दिनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.