logo

उपभोक्ताको अधिकार रक्षा र प्रचलनकालागि कानून, नीति र मापदण्ड बनाउन मंचको माँग

      11/30/2019 गते 00 00 मा प्रकाशित     924   पटक पढिएको

बीरगंज १४ मंसीर । उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीले उपभोक्ताको अधिकार तथा हित सम्बन्धी नीति कानून मापदयड तथा कार्यान्वयन निर्देशीक निर्माण गर्न बीरगंज महानगरपालिकासंग माँग गरेको छ ।

 

स्थानीय सरकार संचालन ऐन २०७४ ले उपभोक्ता अधिकारको रक्षा र त्यसको प्रत्याभूतीको जिम्मेवारी स्थान्ीय तहलाई दिएको छ । प्रदेश २ को एक मात्र महानगरमा प्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पुरा भइृसक्दा पनि उपभोक्ता अधिकारको बिषयमा महानगर नेतृत्व नेतृत्व जिम्मेवार नदेखिएको उपभोक्ता आन्दोलनका अगुवाहरुको टिप्पणी छ ।

 

नागरिकको स्वास्थ्यका बिषयमा जिम्मेवार नहुने महानगर नेतृत्वसंग महानगरवासी समेत निराश हुदै गएको उनीहरुको भनाई छ । ऐनले बस्तु र सेवाको गुणस्तरीयताको नियमन र अनुगमन ,मूल्यको प्रक्षेपण,हाट बजारको ब्यवस्था,उपभोक्ता सचेतना ,बस्तु तथा सेवाको गुणस्तर परिक्षण,स्थानीय बजारको ब्यवस्थापन ,खाद्य पदार्थको गुणस्तर नियन्त्रण लगायतका उपभोक्ताको दैनी जवीन संग जोडिएका बिषयको आपूर्तीको जिम्मेवारी स्थानीय तहमा छ ।

 

यत्रो अधिकार बोकेर बसेको महानगरले जनउत्तरदायी काम नगरेको भन्दै उपभोक्ता अधिकार मंच अव आन्दोलनको मुडमा रहेकोमंचका महानगर अध्यक्ष अजित भूजेलले बताउनु भयो । मंचको शनीवार सम्पन्न बैठकले महानगरसंग उपभोक्ताका अधिकार प्रचलनमा ल्याउनकालागि काूनन नीति तथा मापदण्ड बनाउन माँग गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।

 

मंचको बैठकले नागरिक समाजका बिभिन्न समुहले संचालन गरेको समाजिक अभियान प्रति ऐक्यवद्धता जनाएको छ । बीरगंजको सभ्यतासंग जोडिएको श्रीसिया नदीलाई प्रदुषण मुक्त बनाउनकालागि अधिवक्ता सुरेन्द्र कुर्मीको अगुवाईमा संचालन भइरहेको श्रीसिया संरक्षण आन्दोलन,त्यसैगरि हाम्रो बीरगंज राम्रो बीरगंज अभियानले संचालन गरेको प्लाष्टिक झोला निषेधीत बीरगंज भोलन्टीयर समुले गेट वे अफ नेपाल अर्थात शंकाराचार्य प्रवेशद्वार सफाईकालागि चलाएको अभियान प्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको छ ।

 

त्यसैगरि महानगर कमिटीले आफना सदस्यहरुलाई कामको जिम्मेवारी तोकेको छ । महानगर अध्यक्ष अजित भूजेलको अध्यक्षतामा भएको बैठकले मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी,धिरज शर्मा,प्रदेश अध्यक्ष के.सी.लामिछाने उपाध्यक्ष दीनेशचन्द्र गिरी र कानूनी सल्लाहकार हरिकृष्ण अधिकारीलाई सम्मान गरेको  थियो । कार्यक्रममा उपाध्यक्ष अधिकारी र प्रदेश अध्यक्ष के.सी.लामछानेले निर्देशनात्मक मन्तब्य ब्यक्त गर्नु भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.