logo

उपभोक्ताको अधिकार रक्षा र प्रचलनकालागि कानून, नीति र मापदण्ड बनाउन मंचको माँग

      11/30/2019 गते 00 00 मा प्रकाशित     1184   पटक पढिएको

बीरगंज १४ मंसीर । उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर कमिटीले उपभोक्ताको अधिकार तथा हित सम्बन्धी नीति कानून मापदयड तथा कार्यान्वयन निर्देशीक निर्माण गर्न बीरगंज महानगरपालिकासंग माँग गरेको छ ।

 

स्थानीय सरकार संचालन ऐन २०७४ ले उपभोक्ता अधिकारको रक्षा र त्यसको प्रत्याभूतीको जिम्मेवारी स्थान्ीय तहलाई दिएको छ । प्रदेश २ को एक मात्र महानगरमा प्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पुरा भइृसक्दा पनि उपभोक्ता अधिकारको बिषयमा महानगर नेतृत्व नेतृत्व जिम्मेवार नदेखिएको उपभोक्ता आन्दोलनका अगुवाहरुको टिप्पणी छ ।

 

नागरिकको स्वास्थ्यका बिषयमा जिम्मेवार नहुने महानगर नेतृत्वसंग महानगरवासी समेत निराश हुदै गएको उनीहरुको भनाई छ । ऐनले बस्तु र सेवाको गुणस्तरीयताको नियमन र अनुगमन ,मूल्यको प्रक्षेपण,हाट बजारको ब्यवस्था,उपभोक्ता सचेतना ,बस्तु तथा सेवाको गुणस्तर परिक्षण,स्थानीय बजारको ब्यवस्थापन ,खाद्य पदार्थको गुणस्तर नियन्त्रण लगायतका उपभोक्ताको दैनी जवीन संग जोडिएका बिषयको आपूर्तीको जिम्मेवारी स्थानीय तहमा छ ।

 

यत्रो अधिकार बोकेर बसेको महानगरले जनउत्तरदायी काम नगरेको भन्दै उपभोक्ता अधिकार मंच अव आन्दोलनको मुडमा रहेकोमंचका महानगर अध्यक्ष अजित भूजेलले बताउनु भयो । मंचको शनीवार सम्पन्न बैठकले महानगरसंग उपभोक्ताका अधिकार प्रचलनमा ल्याउनकालागि काूनन नीति तथा मापदण्ड बनाउन माँग गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।

 

मंचको बैठकले नागरिक समाजका बिभिन्न समुहले संचालन गरेको समाजिक अभियान प्रति ऐक्यवद्धता जनाएको छ । बीरगंजको सभ्यतासंग जोडिएको श्रीसिया नदीलाई प्रदुषण मुक्त बनाउनकालागि अधिवक्ता सुरेन्द्र कुर्मीको अगुवाईमा संचालन भइरहेको श्रीसिया संरक्षण आन्दोलन,त्यसैगरि हाम्रो बीरगंज राम्रो बीरगंज अभियानले संचालन गरेको प्लाष्टिक झोला निषेधीत बीरगंज भोलन्टीयर समुले गेट वे अफ नेपाल अर्थात शंकाराचार्य प्रवेशद्वार सफाईकालागि चलाएको अभियान प्रति ऐक्यवद्धता जनाउने निर्णय गरेको छ ।

 

त्यसैगरि महानगर कमिटीले आफना सदस्यहरुलाई कामको जिम्मेवारी तोकेको छ । महानगर अध्यक्ष अजित भूजेलको अध्यक्षतामा भएको बैठकले मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी,धिरज शर्मा,प्रदेश अध्यक्ष के.सी.लामिछाने उपाध्यक्ष दीनेशचन्द्र गिरी र कानूनी सल्लाहकार हरिकृष्ण अधिकारीलाई सम्मान गरेको  थियो । कार्यक्रममा उपाध्यक्ष अधिकारी र प्रदेश अध्यक्ष के.सी.लामछानेले निर्देशनात्मक मन्तब्य ब्यक्त गर्नु भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.