logo

सवारी दुर्घटना न्यूनिकरण गर्न योजना बनाएर अघि बढेकाछौः मन्त्री नेम्बाङ

      12/20/2019 गते 00 00 मा प्रकाशित     1129   पटक पढिएको

काठमाण्डौ ४ पुष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताउनु भएको छ । आज प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आफ्नो धारण राख्ने क्रममा यस्तो बताउनु भएको हो । 


समितिमा छोटो धारणा राख्नु भएका मन्त्री नेम्वाङले सडक दुर्घटनाप्रति राष्ट्रपतिबाट संवेदनशीलता व्यक्त भएको र प्रधानमन्त्रीले निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘सम्माननीय राष्टपति ज्यूले समेत चासो देखाउनु भएको छ ।

यसलाई निराकरण गरेर अघि जानको निम्ती सिंगो सरकार सम्माननीय प्रधानमन्त्रीबाट ठोस उपयुक्त र आवशकिय निर्देशन समेत सम्बन्धित निकायहरुलाई प्राप्त भइसकेको छ ।’


मन्त्री नेम्बाङले गृह मन्त्रलाय, भौतिक मन्त्रालय लगायत सरोकारवाला निकायहरुसंग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनिकरण र रोकथामका लागि प्रतिवेदन तयार गरिएको बताउनु भयो ।

 

उहाँले भन्नुभयो ‘गृह, भौतिक तथा सरोकारवाला निकायसंग गहन छलफल गरेर प्रतिवेदन तयार भएको छ । सवारी दुर्घटनाको कारण, अहिलेको अवस्था, विगतको अवस्था र अहिलेको चौमासिकसम्म आईपुग्दाको अवस्थाको समेत प्रतिवेदनमा लेखाजोखा गरिएको छ ।’


दुर्घटनाले मानवीय संवेदनाशीलतालाई अघि सारेको र नियन्त्रणका लागि सबै लाग्नु पर्ने उल्लेख गर्दै दुर्घटनाका धेरै कारणहरु देखिएको र यसलाई न्यूनिकरण गर्ने पनि धेरै उपायहरु रहेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो ‘दुर्घटना रोक्ने दर्जनौ उपायहरु छन् । ती उपायहरुकोे पनि बुलेटमा पहिचान गरिएको छ यसलाई सरकारले नीतिगत रुपमा के गर्नु पर्दछ अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा त्यस सम्बन्धी कानुनहरु, नियमावली र विधेयकका रुपमा अघि बढाउने तर्फ मन्त्रालय लागेको छ ।’


मन्त्रालयको जिम्मेवारी सम्हालेर पहिलोपटक समितिमा पुग्नु भएका मन्त्री नेम्वाङलाई समिति सभापति कल्याणी खड्का, समिति सदस्य र कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.