logo

सवारी दुर्घटना न्यूनिकरण गर्न योजना बनाएर अघि बढेकाछौः मन्त्री नेम्बाङ

      12/20/2019 गते 00 00 मा प्रकाशित     1231   पटक पढिएको

काठमाण्डौ ४ पुष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताउनु भएको छ । आज प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आफ्नो धारण राख्ने क्रममा यस्तो बताउनु भएको हो । 


समितिमा छोटो धारणा राख्नु भएका मन्त्री नेम्वाङले सडक दुर्घटनाप्रति राष्ट्रपतिबाट संवेदनशीलता व्यक्त भएको र प्रधानमन्त्रीले निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘सम्माननीय राष्टपति ज्यूले समेत चासो देखाउनु भएको छ ।

यसलाई निराकरण गरेर अघि जानको निम्ती सिंगो सरकार सम्माननीय प्रधानमन्त्रीबाट ठोस उपयुक्त र आवशकिय निर्देशन समेत सम्बन्धित निकायहरुलाई प्राप्त भइसकेको छ ।’


मन्त्री नेम्बाङले गृह मन्त्रलाय, भौतिक मन्त्रालय लगायत सरोकारवाला निकायहरुसंग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनिकरण र रोकथामका लागि प्रतिवेदन तयार गरिएको बताउनु भयो ।

 

उहाँले भन्नुभयो ‘गृह, भौतिक तथा सरोकारवाला निकायसंग गहन छलफल गरेर प्रतिवेदन तयार भएको छ । सवारी दुर्घटनाको कारण, अहिलेको अवस्था, विगतको अवस्था र अहिलेको चौमासिकसम्म आईपुग्दाको अवस्थाको समेत प्रतिवेदनमा लेखाजोखा गरिएको छ ।’


दुर्घटनाले मानवीय संवेदनाशीलतालाई अघि सारेको र नियन्त्रणका लागि सबै लाग्नु पर्ने उल्लेख गर्दै दुर्घटनाका धेरै कारणहरु देखिएको र यसलाई न्यूनिकरण गर्ने पनि धेरै उपायहरु रहेको बताउनु भयो ।

 

उहाँले भन्नु भयो ‘दुर्घटना रोक्ने दर्जनौ उपायहरु छन् । ती उपायहरुकोे पनि बुलेटमा पहिचान गरिएको छ यसलाई सरकारले नीतिगत रुपमा के गर्नु पर्दछ अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा त्यस सम्बन्धी कानुनहरु, नियमावली र विधेयकका रुपमा अघि बढाउने तर्फ मन्त्रालय लागेको छ ।’


मन्त्रालयको जिम्मेवारी सम्हालेर पहिलोपटक समितिमा पुग्नु भएका मन्त्री नेम्वाङलाई समिति सभापति कल्याणी खड्का, समिति सदस्य र कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.