logo

बीरगंजमा राष्ट्र संघको नमुना सभा हुदैे महिला हिंसा र वतावरणको बिषयमा गम्भिर छलफल हुने

      12/23/2019 गते 00 00 मा प्रकाशित     1088   पटक पढिएको

बीरगंज ७ पुष । 
वीरगञ्जमा यही पौष ११ गतेदेखी १३ गते सम्म  सयुक्त राष्ट्र संघको पहिलो नमुना सभा हुने भएको छ । 
बैचारिक युवा समाज र अमेरीकी दुतावास नेपालको सहकार्यमा प्रदेश न . २ मै पहिलो पटक यस्तो कार्यक्रम हुन लागेको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराएका छन  ।

 

वीरगञ्ज पब्लिक कलेजको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा आयोजकले यस्तो जानकारी गराएका हुन ।


नमुना सभामा प्रदेश न. २ का ८ वटै जिल्लाबाट बिभिन्न क्षेत्रका ६० जना युवा बिद्यार्थीहरुको सहभागिता रहने छ । पर्साबाट ४० जना र अन्य जिल्लाबाट २० जनाको सहभागिता रहने बैचारिक युवा समाजका दीलीप हजराले जानकारी दिनु भयो ।

 

बीरगंज संयुक्त राष्ट्र नक्कल  २०१९ को छलफल प्रदेश २ मा देखिएका  समस्यामा आधारित  हुनेछन्  । संयुक्त राष्ट्र संघको सभाको नक्कल गरिए पनि छलफल बहुपक्षिय कुटनीतिक परिवेशमा हुनेछ र सहभागीहरुले कुटनीतिज्ञ एवं राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्ने निमेशवावु ओलीले बताउनु भयो।कार्यक्रमले संयुक्त राष्ट्रसंघका बिभिन्न समितिहरुले कसरी काम गर्छन ।

 

त्यहाको छलफल कसरी चलाइन्छ । सानो वा ठुलो राष्ट्रको भेद हुन्छ या हुदैन भन्ने बिषयमा सहभागिहरुले कार्यक्रमका माध्यमले यथेष्ट जानकारी लिने हजराले बताउनु भयो ।


सहभागिहरु मध्य कोही भोलीका दिनमा संयुक्त राष्ट्रसंघको सेवामा प्रवेश गरे या राष्ट्रको प्रतिनिधि भएर जादा पनि संयुक्त राष्ट्रसंघ कसरी संचालन हुन्छ भन्ने कुराको ज्ञान हुने भएकोले प्रस्तुती राम्रो हुने निमेश ओलीले बिश्वास ब्यक्त गर्नु भयो ।

 विकासको लागि नीतिगत निर्णय लिइदा वतावरणीय प्रभावलाई समेत एकिकृत रुपमा ध्यान दिने  र दक्षिण एशियामा महिला विरुद्ध हुने हिंसा अन्त्य गर्ने र  जीवनको गुणस्तरको विकास कसरी गर्न सकिन्छ भन्ने बिषयमा नमुना सभामा गहन छलफल हुनेछन ।  


कार्यक्रममा  सहभागीहरुले विभिन्न देशका राष्ट्र प्रमुखहरुको भूमिका निर्वाह गर्दै बौद्धिक छलफलमा आबद्ध हुनेछन् र विभिन्न नीतिहरुमा आफ्नो प्रगतिशील, रचनात्मक  विचार र दृस्टीकोणहरु आदान प्रदान गर्नेछन्  । 

यसैगरी ७ वटै प्रदेशमा कार्यक्रम समापन भइसकेपछि त्यसमध्येबाट छनौट भएकाहरुलाई काठमाण्डौमा हुने अन्तराष्ट्रिय सम्मेलनमा पनि सहभागि गराइने संस्थाका निमेश बाबु ओलिले जानकारी दिनुभयो ।

 


युवाहरुको क्षमता अभिबृद्धि र व्यक्तित्व बिकास गराउने र राष्ट्रनिर्माणमा युवाहरुको सहभागिता गराउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.