वीरगंज ८ पुष। वीरगञ्ज महानगरपालिका ८ घण्टाघर स्थित श्री श्याम मेसिनरी टुल्स नाम गरेको पसलका सञ्चालक वीरगञ्ज .२ छपकैया निवासी छविकान्त सरावगी पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट प्रहरीले नक्कली बेरिङ बिक्री वितरण गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
भारतमा निर्मित एसकेएफ कम्पनी नाम गरेको बेरिङ भन्दै सोही नाम गरेको नक्कली बेरिङ बिक्री गरेको सूचनाको आधारमा सोमबार उनले सञ्चालन गरेको पसलमा छापामारी गरी विभिन्न साइजका ३तीहजार ५८ थान बेरिङ बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएका बेरिङको मूल्य करिब २७ लाख रुपैयाँ बराबरको रहेको र सरावगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरिक्षक सामेन्द्र सिहं राठौरले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया