logo

वीरगन्ज नर्सिङ्ग क्याम्पसमा आफन्तलाई भर्ना गर्न नियम विपरित विज्ञापन 

      12/31/2019 गते 00 00 मा प्रकाशित     1315   पटक पढिएको

वीरगन्ज, १५ पुस । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको वीरगन्जको दुईवटा क्याम्पस यतिखेर निकै चर्चामा आएको छ । आंगिक क्याम्पसहरु ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज नर्सिङ्ग क्याम्पसमा आफन्तलाई भर्ना गर्न होडवाजी चलेको छ ।

आवश्यकता नै नभएको पदमा आन्तरिक श्रोतबाट करारमा नियुक्ति गर्ने भन्दै ठाकुरराम बहुमुखी क्याम्पस र नर्सिङ्ग क्याम्पसले विज्ञापन प्रकाशन गरेर आफन्तलाई भर्ना गर्ने प्रपन्च गरेका छन् । केही महिना अघि ठाकुरराम क्याम्पसमा विभागीय प्राध्यापकहरुको असहमतिमा पनि आफन्तलाई जागिर लगाउनकै लागि भर्नाको लागि विज्ञापन गरेर नियुक्ति दिएको थियो ।

अहिले वीरगन्जको अर्को वीरगन्ज नर्सिङ्ग क्याम्पसले फेरी कर्मचारी भर्नाको विज्ञापन गरेर आफन्तलाई जागिर लगाउने गरि भर्ना खुलाएको स्रोतले दावी गरेको छ । नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि नियम विपरित विज्ञापन गरिएको छ । वीरगन्ज नर्सिङ्ग क्याम्पसमा दरबन्दी अनुसारको कर्मचारीहरु नभएपनि त्रिभुवन विश्व विद्यालयले नै भर्नाको लागि विज्ञापन आह्वान गरेर कर्मचारी लिनुपर्ने भएपनि आन्तरिक श्रोतको नाममा नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि एकजना कार्यालय सहायक र लेखा सहायकको विज्ञापन गरिएको छ ।

नर्सिङ्ग क्याम्पसमा दरबन्दीका लागि त्रिभुवन विश्व विद्यालयले विज्ञापन खुला गरेको भएपनि क्याम्पस प्रमुख र प्रशासन प्रमुखको मिलेमतोमा नियम विपरित कर्मचारी भर्नाको लागि सूचना निकालेको छ । दुवैजनाको मिलेमतोमा मिति २०७६÷९÷८ गते नै विज्ञापनको सूचना प्रकाशित गर्नुपर्नेमा उक्त दिन प्रकाशन नगरेर कर्मचारीहरुको दबावमा पुस १५ गतेमात्रै प्रकाशित गरेको छ ।

तोकिएको मितिमा प्रकाशित गर्नुपर्ने विज्ञापन मिति नघाएर प्रकाशित गरेपनि निजामति वा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अनुसार सहायक द्वितीय श्रेणीको (खरिदार) पदमा एसएलसी वा सो सरहको न्यूनतम शैक्षिक योग्यता हुनुपर्ने व्यवस्था रहेको छ । तर, नर्सिङ्ग कलेजले प्रकाशित गरेको सूचनामा प्रविणता प्रमाणपत्र तहको न्यूनतम शैक्षिक योग्यता खुलाएको छ ।

यो नियम र कार्यविधि भन्दा बाहिर रहेर आफन्तको लागि अनुकूल मिलाएर विज्ञापन गरिएको श्रोतले जनाएको छ । वीरगन्ज नर्सिङ्ग कलेजकी प्रमुख सूर्य कोईरालाले भने नियमानुसार खुला प्रतिस्पर्धाबाट भर्ना गर्नका लागि विज्ञापन गरिएको बताईन् ।

उनले क्याम्पसमा दरबन्दी अनुसारको कर्मचारीहरु नभएको र तत्काल कर्मचारीको आवश्यकता भएकोले त्रिभुवन विश्व विद्यालयसँग अनुमति लिएर नै भर्नाका लागि विज्ञापन गरिएको दावी गरिन् । उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी पठाएमा करारमा भर्ना गरिएको कर्मचारी स्वतः बर्खास्त हुने बताईन् ।    
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.