logo

वीरगन्ज नर्सिङ्ग क्याम्पसमा आफन्तलाई भर्ना गर्न नियम विपरित विज्ञापन 

      12/31/2019 गते 00 00 मा प्रकाशित     1541   पटक पढिएको

वीरगन्ज, १५ पुस । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको वीरगन्जको दुईवटा क्याम्पस यतिखेर निकै चर्चामा आएको छ । आंगिक क्याम्पसहरु ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज नर्सिङ्ग क्याम्पसमा आफन्तलाई भर्ना गर्न होडवाजी चलेको छ ।

आवश्यकता नै नभएको पदमा आन्तरिक श्रोतबाट करारमा नियुक्ति गर्ने भन्दै ठाकुरराम बहुमुखी क्याम्पस र नर्सिङ्ग क्याम्पसले विज्ञापन प्रकाशन गरेर आफन्तलाई भर्ना गर्ने प्रपन्च गरेका छन् । केही महिना अघि ठाकुरराम क्याम्पसमा विभागीय प्राध्यापकहरुको असहमतिमा पनि आफन्तलाई जागिर लगाउनकै लागि भर्नाको लागि विज्ञापन गरेर नियुक्ति दिएको थियो ।

अहिले वीरगन्जको अर्को वीरगन्ज नर्सिङ्ग क्याम्पसले फेरी कर्मचारी भर्नाको विज्ञापन गरेर आफन्तलाई जागिर लगाउने गरि भर्ना खुलाएको स्रोतले दावी गरेको छ । नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि नियम विपरित विज्ञापन गरिएको छ । वीरगन्ज नर्सिङ्ग क्याम्पसमा दरबन्दी अनुसारको कर्मचारीहरु नभएपनि त्रिभुवन विश्व विद्यालयले नै भर्नाको लागि विज्ञापन आह्वान गरेर कर्मचारी लिनुपर्ने भएपनि आन्तरिक श्रोतको नाममा नर्सिङ्ग क्याम्पसले आफन्तलाई भर्ना गर्नका लागि एकजना कार्यालय सहायक र लेखा सहायकको विज्ञापन गरिएको छ ।

नर्सिङ्ग क्याम्पसमा दरबन्दीका लागि त्रिभुवन विश्व विद्यालयले विज्ञापन खुला गरेको भएपनि क्याम्पस प्रमुख र प्रशासन प्रमुखको मिलेमतोमा नियम विपरित कर्मचारी भर्नाको लागि सूचना निकालेको छ । दुवैजनाको मिलेमतोमा मिति २०७६÷९÷८ गते नै विज्ञापनको सूचना प्रकाशित गर्नुपर्नेमा उक्त दिन प्रकाशन नगरेर कर्मचारीहरुको दबावमा पुस १५ गतेमात्रै प्रकाशित गरेको छ ।

तोकिएको मितिमा प्रकाशित गर्नुपर्ने विज्ञापन मिति नघाएर प्रकाशित गरेपनि निजामति वा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अनुसार सहायक द्वितीय श्रेणीको (खरिदार) पदमा एसएलसी वा सो सरहको न्यूनतम शैक्षिक योग्यता हुनुपर्ने व्यवस्था रहेको छ । तर, नर्सिङ्ग कलेजले प्रकाशित गरेको सूचनामा प्रविणता प्रमाणपत्र तहको न्यूनतम शैक्षिक योग्यता खुलाएको छ ।

यो नियम र कार्यविधि भन्दा बाहिर रहेर आफन्तको लागि अनुकूल मिलाएर विज्ञापन गरिएको श्रोतले जनाएको छ । वीरगन्ज नर्सिङ्ग कलेजकी प्रमुख सूर्य कोईरालाले भने नियमानुसार खुला प्रतिस्पर्धाबाट भर्ना गर्नका लागि विज्ञापन गरिएको बताईन् ।

उनले क्याम्पसमा दरबन्दी अनुसारको कर्मचारीहरु नभएको र तत्काल कर्मचारीको आवश्यकता भएकोले त्रिभुवन विश्व विद्यालयसँग अनुमति लिएर नै भर्नाका लागि विज्ञापन गरिएको दावी गरिन् । उनले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी पठाएमा करारमा भर्ना गरिएको कर्मचारी स्वतः बर्खास्त हुने बताईन् ।    
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.