logo

अंग्रेजी नयाँ बर्षसँगै नेपाल भ्रमण बर्षको शुरुवात

      12/31/2019 गते 00 00 मा प्रकाशित     1178   पटक पढिएको

आज (बुधबार) बाट ईस्वी संवतको नयाँ बर्ष संसारभरि भब्यताकासाथ सन् २०२० को स्वागत गरिएको छ । नेपालीहरुको क्यालेन्डर देखि चाडवाड अनि कार्यलयगत कुराहरु धेरैजसो विक्रम संबतमा आधारित भएकाले यो ईस्वी सम्ंवतलाई आगन्तुक र पराई सम्वतका रुपमा लिने गरिन्छ ।

तर, विदेश बस्नेहरु अनि अन्तराष्ट्रिय सँस्थाहरुमा काम गर्ने लगायत अन्तराष्ट्रिय सम्वतहरु ईस्वी सम्वतमै संसारभरि हुने भएकाले यो सम्वतको पनि भिन्नै प्रतिष्ठा र उपयोगीता रहेको छ । विक्रम सम्वत भने ईस्वी सम्वत भन्दा ५७ बर्षले अगाडी छ । आजको दिन नेपालमा पनि एकअर्कामा शुभकामना आदान प्रदान गरेर नयाँ बर्ष २०२० मनाईरहेको छ ।

आज देशका विभिन्न पर्यटकीय स्थलहरुमा घुम्न जाने, वनभोज खाने र रमाईलो गर्नेहरुको घुईचो लागेको छ । पर्साको ठोरी पनि नयाँबर्षमा सबैभन्दा बढी पर्यटकहरु आउने स्थानको रुपमा चिनिन्छ । खासगरी भारतीय पर्यटकहरु पर्साको ठोरीमा रहेको विभिन्न पर्यटकीय स्थलहरु हेर्न आउने र वनभोज समेत खान आउने गरेका छन् ।

आजको दिन हेटौडाको शहिद स्मारक, मकवानपुर गढी मनकामना डाँडा, बाराको निजगढमा रहेको मोहरी, गढीमाई सिम्रौनगढ, अमलेखगन्ज रौतहटको नुनथर लगायतका स्थानहरुमा घुम्न जानेहरुको घुईचो लागेको छ । 

वीरगन्जमा भ्रमण बर्षको शुरुवात 

नेपाल भ्रमण बर्ष २०२० को वीरगन्जमा पनि भव्य शुरुवात गरिएको छ । होटल तथा पर्यटन व्यवसायी संघ, भिजिट मधेस नेपाल, पर्यटन पत्रकार संघ, व्यवस्थित वीरगन्ज अभियान लगायतले विहान नेपाल भ्रमणबर्ष २०२० लाई स्वागत गर्दै प्रभातफेरी निकालेको छ ।

वीरगन्ज घण्टाघरबाट निकालिएको प्रभातफेरी माईस्थान, हनुमान मन्दिर, आदर्शनगर, अलखिया मठ, कैलाश होटल चोक, घडिअर्वा पोखरी हुदै घण्टाघरदेखि उत्तरमा रहेको विपी उद्यान पार्कमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँर, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार खड्का, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का,

प्रेस संगठन नेपाल पर्साका संयोजक नीरज पिठाकोटे, होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्त, भिजिट मधेस नेपालका संयोजक ओमप्रकाश सर्राफ, पर्यटन पत्रकार संघका अध्यक्ष शंकर आचार्य, व्यवस्थित वीरगन्जका संयोजक दिलिपराज कार्की लगायत जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी, वीरगन्ज नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरु, विभिन्न संघ संस्थाका अभियन्ता, युवाहरुको सहभागिता रहेको थियो । 

प्रधानमन्त्री ओलीद्वारा अंग्रेजी नयाँ बर्षको शुभकामना 

प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले देश र विदेशमा रहेका सबै नेपालीमा सुख शान्ति र समृद्धिको कामना गर्दै जनताले आफूप्रति देखाएको आशलाई खेर जान नदिने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री ओलीको तर्फबाट जारी भएको शुभकामना सन्देशमा उहाँले सन् २०१९ नेपालको स्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको र यही वर्ष नेपालले अन्तर्रा्ष्ट्रिय समुदायमा आफ्नो उपस्थिति प्रभावकारी बनाएको दाबी गर्नुभएको छ ।

साथै उहाँले ऐतिहासिक नेपाल भ्रमणका लागि मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गर्नुभएको छ । ‘यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंँका लागि अन्त्य र्गयौंँ । विकासका केही दुरगामी योजना यही वर्ष थालनी र्गयौंँ, जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना पनि सम्पन्न र्गयौं ।

चार वर्षअघिको भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण सम्पन्नता उन्मुख छ’, शुभकामना सन्देशमा भनिएको छ । व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केहीमाथि पुगेको, आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले निराशालाई सदाका लागि त्याग्दै विकास, सुशासन र समृद्धितर्फ अघि बढ्न सन्देश दिनुभएको छ ।

अव्यवस्था र अनिश्चयबाट लामो समयदेखि समस्यामा परेको देशलाई विकास र समृद्धिमा लैजाने काममा चुनौती रहेको तथा देश र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई आउँदा वर्षमा पनि निरन्तरता दिने प्रधानमन्त्री ओलीको विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को उदघाटन तयारी 

यसैबीच नेपाल भ्रमण वर्ष २०२० आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नुहुने कार्यक्रम रहेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नुहुनेछ । अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ ।

नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइनेछ । राष्ट्रगान सकिएलगत्तै बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले परेड खेल्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । सोही समारोहमा भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । उदघाटन समारोहको रिहर्सल मंगलबार नै गरिएको थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ ।

सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० को उदघाटन समारोहमा सहभागी हुन विभिन्न मुलुकका विदेशी पाहुना काठमाडौं आएका छन् । भ्रमण वर्षको उदघाटन समारोहमा सहभागी हुन चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पटेल, म्यानमारका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौग, जमैकाका मन्त्री ओन मउङ काठमाडौं आएका छन् ।

यस्तै भुटान, कम्बोडिया, कतारलगायत मुलुकका पर्यटन विभागका महानिर्देशकहरु पनि काठमाडौं आएका छन् । पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार भ्रमण वर्षको उदघाटन कार्यक्रमका लागि दक्षिण एशियाली, मध्यपूर्वी, युरोपलगायत मुलुकका ३४ वटा सञ्चारमाध्यमका प्रतिनिधिहरु नेपाल आएका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.