logo

निशुल्क पुर्नस्थापनाकेन्द्र संचालनमा ,लागु औषध प्रयोगकर्ता युवायुवतीको  उद्दारमा जोड 

      1/16/2020 गते 00 00 मा प्रकाशित     1210   पटक पढिएको


वीरगञ्ज, २,माघ ।
वीरगञ्जमा लागु औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको स्थापना भएको छ ।

 

शान्तिपुर्ण एवम सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपालमै पहिलो परामर्श केन्द्रको उदघाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी र नेपाल प्रहरीका प्रमुख प्रहरी  महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त रुपमा गर्नुभएको थियो ।


   कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले देशको कर्णधार युवा भएकोले युवाहरुलाई लागु औषधको कुलतबाट बचाउन समाजको सक्रिय भूमिकाका आवश्क  रहेको बताउनु भयो । उहाले लागु औषधको सेवन कर्ताको संख्या  बढिरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसबाट महानगरपालिकाका युवाहरुलाई बचाउन आफुबाट हुने सबै सहयोग प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

लागु औषध प्रयोगकर्ताको पूर्नस्थापनाका लागि खुलेका केन्द्रहरुमा चर्कौ शुल्क रहेको चिन्ताव्यक्त गर्दै त्यहाबाट प्रदान गरिने सेवा सहि नभएको नगर प्रमुखले बताउनु भयो  । च्याउ उम्रे जस्तै रिह्याब सेन्टर खुलेपनि चर्को शुल्क लिईरहेका कारण गरिव परिवारका युवाहरुलाई राख्न नसकिएको उहाले बताउनु भयो ।

 

नगर प्रमुख सरावगीले  भबिष्यमा प्रहरीसंग साझेदारी गर्दै गरिबका छोराछोरीलाई निशुल्क रिह्याबको व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले  लागु औषध प्रयोगकर्तालाई दण्ड नभई परामर्श दिनुपर्ने बताएउनु भयो । उहाँले लागु औषध सेवन कर्ताको अवस्था विकराल रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

 

उहाले यो सामाजिक समस्या बन्दै गएकोले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान शुरु गरेको बताउनु भयो । प्रहरी महानिरिक्षक खनालले विद्यालयका शिक्षक र अभिभावकले लागु औषध विरुद्ध खुलेर  परामर्श गर्न आवश्यक रहेको सुझाव दिनु भयो । 


लागु औषधले विकराल रुप लिईसकेको बताउदै उहाले कुलतमा लागेका छोरा छोरीलाई अभिभावक र शिक्षकहरुको सक्रिय सहभागीतामा परामर्शबाट मात्र सहि बाटोमा ल्याउन  सकिने महानिरिक्षक खनालको  भनाइ रहेको थियो । महानिरीक्षक खनालले भन्नु भयो  “ छोराछोरी लागु औषध कारोबारी पो हुन भएन, लागु औषध तस्कर हुनु भएन, लागु औषध सेवन गर्ने व्यक्ति आफैं पीडित हुन् । उसलाई उद्दार गर्नुपर्छ । लाज मान्नुपर्ने अवस्था छैन, केटाकेटि कतै स्कुल जाँदा राम्रो गार्जेनसिप भएन होला, साथी संगतबाट कुलतमा परे होला । अब अभिभावकहरु मुख खोलेर आउनुपर्छ ।”


उहाले लागु औषध दुब्र्यवशना बोर्डर क्षेत्रमा अझै विकराल समस्या बनेको बताउँदै त्यसको न्युनिकरण मात्र होईन निस्तेज गर्नुपर्ने बताउनु भयो  ।उहाले भन्नु भयो, “ आफूलाई नपर्दा खासै समस्या लाग्दैन, जुन घरमा केटाकेटी कुलतमा लागेका छन् ।

 

त्यो घरको अभिभावकसँग साक्षात्कार गर्नुस उनीहरु नर्कको जीवन विताईरहेको अनुभूति हुन्छ । पहिला त छोराछोरी विग्रिए कष्टडीमा राख्देन भनेपछि राखिदिन्थे, तर अब मुलुकी संहिताले त्यसो गर्न पनि दिँदैन । अब सुधार्नु र सुध्रनुको विकल्प छैन  ”

कार्यक्रममा वीरगञ्ज महानगरपालिका र प्रहरीले संयुक्त रुपमा सञ्चालित परामर्श केन्द्रबाट पूनःजीवन दिने प्रहरीले जनाएको छ । चितवन, तनहुँ र पोखरा सिरहा,जनकपुरमा पनि परामर्श केन्द्र स्थापना गर्ने तयारी प्रहरीको छ ।

 

कार्यक्रममा पदेश नम्बर २का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक प्रदुम्न  कुमार कार्कि,लागुऔषध नियनत्रण ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्त कुमार लामा  ,वीरगन्ज उधोग वाणिज्य सघंका अध्यक्ष गोपाल केडिया,पत्रकार महासंघका पर्सा जिल्ला अध्यक्ष श्यामबन्जारा लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन प्रहरी निरिषक निर्मल पनेरुले गर्नु भएको थियो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.