logo

संघीय साँसद यादवको प्रश्न ५० लाख कहिले दिने ?

      1/19/2020 गते 00 00 मा प्रकाशित     1029   पटक पढिएको

बीरगंज ५ माघ । पर्साको क्षेत्र नं १ बाट संघीय संसदमा निर्वाचित साँसद प्रदीप यादवले मधेश आन्दोलनका शहीदहरुलाई पूर्व घोषणा अनुसार ५० लाख रुपैया दिन माँग गर्नु भएको छ ।

 

बीरगंजको नगरसभा गृहमा प्रदेश २ को सरकारले आयोजना गरेको माध्श आन्दोलनको १४ औ वर्ष तथा बलिदानी दिवशलाई सम्बोधन गर्दै उहाँले यस्तो माँग गर्नु भएको हो ।

 

नेपालको समिबधा ०७२ प्रति बिमती राखेर  सिमाकंन परिर्वतनकालागि गरिएको आन्दोलनमा सहभागी हुदा शहीद हुनेहरुलाई ५० लाख रुपैया दिने भन्दै तत्कालीन मधेशी मोर्चाले आम अपिल गरेको थियो ।

 

मोर्चाको तर्फबाट ०७२ भाद्र २ गते जारी बिज्ञप्तिमा ५० लाख रुपैया दिइने निर्णय सार्वजनीक गरेको थियो । ५० लाख दिने कुरालाई ब्याख्या गर्दै नेताहरुले प्रदेश सरकार बनेपछि ५० लाख रुपैया दिइने बताउने गरेका थिए ।

 

त्यही कुरा स्मरण गर्दै साँसद यादवले ५० लाख कहिले दिने भन्दै प्रदेश सरकारलाई प्रश्न गरे ।

 

आज प्रदेशमा सरकार छ आज नदिए कहिले दिने भन्दै ५० लाख रुपैया ततकाल दिन घोषणा गर्न उहाँले माँग गर्नु भयो ।

 

उहाँले मधेश आन्दोलनका क्रममा शहीद भएका १ सय १७ जनाको परिवारकालागि एउटा एउटा घर बनाई दिन समेत प्रदेश सरकारसंग माँग गर्नु भयो । सासद यादवले मधेश आन्दोलनका घाइतेलाई जीवनबृतिको ब्यवस्था मिलाउन माँग गर्दै उनीहरुलाई मासिक भत्ताको ब्यवस्था गर्न माँग गर्नु भयो ।

 

उहाँले प्रदेशका मुख्यमंत्रीलाई सम्बोधन गर्दै पर्साको तिलावे पुलमा शहीद पार्क बनाउनकालागि शिलान्यास गरियो तर शहीद पार्क कहिले बन्ने हो भन्दै प्रश्न गर्नु भयो ।उहाँले प्रदेश सत्ता आफनो हातमा भएको बेला शहीदलाई माला मात्र लगाउने होइन काम गरेर देखाउनु पर्ने जोड दिनु भयो ।

 

उहाँले समाजवादी पार्टी र राजपा वीचमा आएको बेमेल नैरश्यता आएको चर्चा गर्दै ओलीको झोलीमा नपर्न नेताहरुलाई सुझाव दिनु भयो । उहाँले राजपा सपा गठबन्धन नेताहरुले भन्दा पनि मधेशका १ सय १७ शहीदले बनाएको चर्चा गर्दै कांग्रेस कम्युनिष्टको दलाली गरेर गठबन्धन तोडने प्रयास गर्ने नेतालाई मधेशका जनताले नछोडने चेतावनी पनि दिनु भयो ।

 

सासँद यादवले भन्नु भयो जुन नेताका कारण गठबन्धन तोडिन्छ त्यसको घर घेरिन्छ । सासद यादवले जनताको वीचमा बसेर आन्दोलन गरेकोे स्मरण गर्दै आन्दोलनको गतीकालागि शहीद भएकाहरुको सम्मानमा शहीद गेटहरुको निर्माण गर्ने उद्धघोष गर्नु भयो । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.