logo

राष्ट्रियसभा सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामाना कार्यक्रम सम्पन्न 

      1/26/2020 गते 00 00 मा प्रकाशित     728   पटक पढिएको

वीरगन्ज, १२ माघ । राष्ट्रियसभामा निर्वाचित सदस्यहरुले जनता र राष्ट्र हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेकपा र राजपाले संयुक्त रुपमा आज वीरगन्जमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्ने क्रममा उनीहरुले दुवै दलको सम्बन्ध चीरकाल स्थायी रहनेमा विश्वास व्यक्त गरे ।

नेकपाको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित तुलसा दाहालले नेकपा र राजपाको गठबन्धनले प्रदेश नम्बर २ मा ऐतिहासिक सफलता प्राप्त गरेको भन्दै त्यसलाई अझ उचाईमा पु¥याउन सहकार्य आवश्यक रहेको बताउनुभयो । नेकपा र राजपाको पहिलो कडी सफल भएको र आगामि दिनमा पनि सँगसँगै गएर प्रदेश २ को समग्र विकासमा पनि हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।

निर्वाचित भएपछि जनता र राष्ट्रको हितका लागि लागिरहने र पार्टीको निर्देशनलाई नभुल्ने बताउनुभयो । उहाँले कही कतै भूल गरेर बाटो विराएपनि जनता र पार्टीले त्यसलाई ठीकढंगले सचेत गराउछ भन्नेमा विश्वास व्यक्त गर्नुभयो । मधेसको पहिचान र विकासको कुरामा कानुन निर्माण तथा स्थानीय, प्रदेश र सरकारसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले प्रदेश नम्बर २ मा रहेको कुरिती अन्त्य, लैंगिक विभेद अन्त्यको लागि पनि निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । राजपाबाट निर्वाचित राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवले राजपा नेपालले मधेसको सवालमा उठाउदै आएको मागलाई सम्बोधन गर्ने इमान्दार पार्टी नेकपा नै देखिएकोले गठबन्धन भएको र जित पनि हासिल गरेकोले अब दुवैदलले मिलेर संविधान संसोधनलाई पनि अगाडि बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

नेकपा पर्साका अध्यक्ष प्रभू हजराको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्य निर्मला देवकोटा, जिल्ला इन्चार्ज रामचन्द्र साह, जिल्ला सचिव विजय महतो थारु, संविधानसभा सदस्य प्रद्युम्न चौहान, राजपाका महासचिव शिव पटेल, सहमहासचिव नेजामुद्दीन समानी, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, जिल्ला संयोजक नीरज पिठाकोटे मगर, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ,

जीराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रीत महतो, उपाध्यक्ष उषादेवी महतो, प्रदेशससभा सदस्य रमेश पटेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुलाई पूmलमाला अविर र दोसल्ला ओढाएर सम्मान गर्दै बधाई ज्ञापन गरिएको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.