logo

उमादेवी र चन्द्रप्रसाद स्मृति पत्रकारिता पुरस्कार छनौटका लागि खनालको संयोजकत्वमा समिति गठन 

      1/26/2020 गते 00 00 मा प्रकाशित     832   पटक पढिएको

कलैया १२ माघ । बाराको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको दुईवटा पुरस्कारका लागि पुरस्कार छनौट समिति गठन गरिएको छ ।

 

आइतबार कुशल प्रकाशन समूहको बैठकले कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनाल संयोजक रहने गरी चार सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको काब्य प्रकाशन समूहकी अध्यक्ष सबिता चालिसेले जानकारी दिनुभयो । 


    समितिको सदस्यहरुमा बाराका बरिष्ठ पत्रकार गोकुल घोरसाइने,कान्तिपुर टिभी बारा,पर्साका प्रतिनिधि उपेन्द्र ठाकुर र नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्व अध्यक्ष लक्ष्मी साह रहनु भएको छ ।घोरसाइने,ठाकुर र साह उमादेवी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।

 

 समितिले बाराका कृयाशिल दुईजना पत्रकारका लागि स्वर्गीय उमा(जानकी)देवी स्मृति कृयाशिल पुरस्कार लागि र चन्द्रप्रसाद खनाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कारका लागि दुईजना पत्रकार छनौट गर्ने छ । यी दुबै पुरस्कारको राशी यस बर्षबाट ६० हजार रहनेछ । 


    उमा(जानकी) देवी स्मृति क्रियाशिल पुरस्कारको रकम बढाएर यस बर्षबाट रु. ५० हजार पु¥याएको र चन्द्रप्रसाद खनाल स्मृति पुरस्कारको राशी रु. ५ हजारबाट बढाएर रु. १० हजार बनाइएको काब्य प्रकाशन समूहले जनाएको छ । यी दुबै पुरस्कार कृपा दैनिकको १९ औं बार्षिकोत्सवका अवसरमा यही फागुन ४ गते आयोजना गरिने बिशेष कार्यक्रमकाबीच बितरण गरिनेछ ।

 

कृपा दैनिकले २०६६ सालबाट  पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको पिताको नाउँबाट चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो भने पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायको धर्मपत्नी उमा(जानकी)देवी को नाउँबाट २०७२ सालबाट स्वर्गीय उमा(जानकी)देवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

यी दुबै पुरस्कार नवजजान कल्याणकारी कोषबाट संचालित छन् । कृपा दैनिक पत्रिकाले स्थापना गरेको यो पुरस्कार राीशी मोफसलकै ठूलो धनराशीको भएको बताइएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.