logo

उमादेवी र चन्द्रप्रसाद स्मृति पत्रकारिता पुरस्कार छनौटका लागि खनालको संयोजकत्वमा समिति गठन 

      1/26/2020 गते 00 00 मा प्रकाशित     1006   पटक पढिएको

कलैया १२ माघ । बाराको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको दुईवटा पुरस्कारका लागि पुरस्कार छनौट समिति गठन गरिएको छ ।

 

आइतबार कुशल प्रकाशन समूहको बैठकले कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनाल संयोजक रहने गरी चार सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको काब्य प्रकाशन समूहकी अध्यक्ष सबिता चालिसेले जानकारी दिनुभयो । 


    समितिको सदस्यहरुमा बाराका बरिष्ठ पत्रकार गोकुल घोरसाइने,कान्तिपुर टिभी बारा,पर्साका प्रतिनिधि उपेन्द्र ठाकुर र नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्व अध्यक्ष लक्ष्मी साह रहनु भएको छ ।घोरसाइने,ठाकुर र साह उमादेवी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।

 

 समितिले बाराका कृयाशिल दुईजना पत्रकारका लागि स्वर्गीय उमा(जानकी)देवी स्मृति कृयाशिल पुरस्कार लागि र चन्द्रप्रसाद खनाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कारका लागि दुईजना पत्रकार छनौट गर्ने छ । यी दुबै पुरस्कारको राशी यस बर्षबाट ६० हजार रहनेछ । 


    उमा(जानकी) देवी स्मृति क्रियाशिल पुरस्कारको रकम बढाएर यस बर्षबाट रु. ५० हजार पु¥याएको र चन्द्रप्रसाद खनाल स्मृति पुरस्कारको राशी रु. ५ हजारबाट बढाएर रु. १० हजार बनाइएको काब्य प्रकाशन समूहले जनाएको छ । यी दुबै पुरस्कार कृपा दैनिकको १९ औं बार्षिकोत्सवका अवसरमा यही फागुन ४ गते आयोजना गरिने बिशेष कार्यक्रमकाबीच बितरण गरिनेछ ।

 

कृपा दैनिकले २०६६ सालबाट  पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको पिताको नाउँबाट चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो भने पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायको धर्मपत्नी उमा(जानकी)देवी को नाउँबाट २०७२ सालबाट स्वर्गीय उमा(जानकी)देवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

यी दुबै पुरस्कार नवजजान कल्याणकारी कोषबाट संचालित छन् । कृपा दैनिक पत्रिकाले स्थापना गरेको यो पुरस्कार राीशी मोफसलकै ठूलो धनराशीको भएको बताइएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.