logo

गाउँमा आएको सिंहदरबारको निगरानी गर्न जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नुपर्छ : काउन्सिल सदस्य चौंलागाई  

      2/7/2020 गते 00 00 मा प्रकाशित     780   पटक पढिएको

वीरगन्ज, २४ माघ । प्रेस काउन्सिलका सदस्य गोविन्द चौंलागाईले सञ्चार माध्यम र संचारकर्मीहरुले अहिले गाउँ गाउँमा आएको सिंहदरबारको गतिविधिको निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

वीरगन्जबाट प्रकाशित हुने पर्दाफास दैनिकको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उदघाटन गर्दै उहाँले नेपालमा विभिन्न चरणको आन्दोलनले जनताको अधिकार स्थापित गरेको बताउदै त्यसको सही कार्यान्वयनका लागि अहिले सिंहदरबार गाउँ गाउँमा आएकोले त्यसको निगरानी गर्न आवश्यक रहेको औल्याउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका काउन्सिलका सदस्य चौलागाईले व्यावसायिक पत्रकारिताले मात्रै देशको परिवर्तन र विकास सम्भव भएकोले अहिले गाउँमा आएको सिंहदरबारले काम गरेको  छ की छैन भन्ने निगरानी गर्नुपर्ने बताउनुभयो । पत्रकारहरु पनि देशको नागरिक नै भएकोले पत्रकारलाई पनि कानुन लाग्ने हुँदा पत्रकारहरुले आफ्नै नैतिक बन्धनमा रहेर जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न उहाँले आग्रह गर्नुभयो ।

पत्रकार आचार संहिताको दायरामा रहेर भाषा छनौटमा पनि संवेदनशील भएर पत्रकारिता गर्न उहाँले आग्रह गर्नुभयो । पत्रिका प्रकाशन आर्थिक दृष्टिकोणले निकै कठिन भएको र गुनासोहरु पनि धेरै रहेकोले त्यसको सम्बोधनका लागि प्रेस काउन्सिलले प्रयास गरिरहेको बताउनुभयो । मापदण्ड पुगेका र निरन्तर पत्रकारिता गर्नेहरुलाई महासंघको सदस्यता दिनुपर्नेमा पनि चौंलागाईले जोड दिनुभयो ।

पर्दाफास दैनिक पत्रिकाका प्रकाशक एवं प्रवन्ध निर्देशक राघव साहको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्यहरु, विचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रद्युम्न चौहान, नेकपाका पर्सा इन्चार्ज रामचन्द्र साह, पर्सा अध्यक्ष प्रभु हजरा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य वृजलाल पासवान, पर्सा अध्यक्ष नीरज पिठाकोटे, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, शिवम साह, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, कानुन व्यवसायी संघका केन्द्रीय सदस्य प्रमोद साह लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.