logo

माफियाहरु मुलुक बेच्न तयार छनः सासद यादव

      2/13/2020 गते 00 00 मा प्रकाशित     923   पटक पढिएको

वीरगंज १ फाल्गुण । संचार माध्यम नभए माफियाहरुले मुलुक बेच्ने अवस्था रहेको संघीय सासद प्रदीप यादवले बताउनु भएको छ । वीरगंज न्यूज २४ दैनिकको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै यादवले यस्तो बताउनु भएको हो ।

सांसद यादवले वाइडबडी, यती, एनसेल, ललिता निवास लगायतका काण्ड पत्रकारले नै बाहिर ल्याएको वताउदै पत्रकारिता नभए देश बेच्न पनि माफियाहरुले बेर नलाउने स्पष्ट पार्नु भयो । पत्रकारले ललिता निवास काण्ड उजागर गरेका कारण अख्तियारले एक सय ७५ जना माथी मुद्दा दर्ता गरेको समेत बताउनु भयो  । उहाँले अख्तियारले ठुलो माछो समातेन भन्ने थियो अहिले निकै ठुलो माछो सामातिएको छ यो भन्दा पनि ठुला माछा समातिने उहाँले बिश्वास ब्यक्त गर्नु भयो । 

पुर्व उपप्रधान मन्त्री सहितका एक सय ७५ जना माथी मुद्दा दर्ता भएकोले पनि ठुलो माछो पनि समातिने तथ्य स्थापित भएको उहाँले बताउनु भयो । 


सांसद यादवले  पत्रकार नभए कुनै पनि आन्दोलन सफल नहुने वताउनु भयो । उहाँले मधेश आन्दोलन सहित अन्य आनदोलनमा पनि पत्रकारहरुको भूमिका मत्वपूर्ण रहेको चर्चा गर्दै पत्रकारहरुको योगदानलाई सलाम गर्छु भन्नु भयो । 

उहाँले संघीय समाजवादी फोरम बाट निर्वाचित भएपनि  आफू जनताको सांसद भएकोले हरपल पत्रकारलाई सहयोग गर्न तयार रहेको बताउनु भयो । 

उहाँले पत्रिकाको लोक कल्याणकारी विज्ञापनको भुक्तानिको लागि जनकपुर जानु पर्ने बाध्यताको गुनोसोको सन्दर्भमा वोल्दै यादवले जिल्ला हुलाका कार्यालय पर्साबाट नै भुक्तानीको व्यस्था मिलाउन पहल गर्न र सांसदमा समेत आवाज उठाउने समेत आश्वासन दिनु भयो  ।

पत्रिकाका प्रकाशक अखलेश कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले पत्रकारिताले जनताको भावनालाई प्रतिनिधित्व गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले संचार क्षेत्रले पस्कने कन्टेन्ट समाजकालागि हुनु पर्नेमा जोड दिनु भयो ।

 

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, समाजवादी पार्टीका पर्सा सचिव तबरेज अहमद,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने  भिजिट मधेशका राष्ट्रिय संयोजक समेत रहेका राजपाका वीरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फ,नेपाल पत्रकार महासंघ , पर्सा अध्यक्ष श्याम बंजारा,  प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, राघव साह, इजाका अध्यक्ष बिजय कुशवाहा गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, प्रेस युनियन पर्साका उपाध्यक्ष शेखर छतकुली लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

वीरगंज स्थित रोयल पार्टी प्यालेसमा भएको कार्यक्रमको संचालन संचारकर्मी उजवल घिमिरेलेगर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.