logo

बिविध कार्यक्रम गरि पर्सामा  मनाइयो जनयुद्ध दिवस

      2/13/2020 गते 00 00 मा प्रकाशित     704   पटक पढिएको

बीरगंज १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साले पनि २५ औं जनयुद्ध दिवस मनाएको छ। पर्साको मनमोहनगर रामगढवामा रहेको नेकपाको आफ्नै पार्टी कार्यालय नेकपा पर्साले पनि जनयुद्ध दिवस मनाएको हो।

 

जनयुद्ध दिवस मनाउने क्रममा पार्टीका स्थानीय नेता कार्यकर्ताहरु सहभागी भए। सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले नेकपा पार्टी नेता तथा कार्यकर्तालाई  अब संगठन सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिनु भयो ।

 

उहाँले पार्टीका नेता कार्यकर्ता एक हुनु पर्ने चर्चा गर्दै एक हुदा मात्र पार्टी स्थापित हुने बताउनु भयो ।  प्रदेश २ मा सबै जिल्लाभन्दा सशक्त नेता कार्यकर्ता रहेको पर्सामा अब संगठित रुपमा अगाडि बढ्नुपर्ने  उहाँले बताउनु भयो।

 

नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरू बालगोपाल थापा, विचारी यादव, प्रद्युमन चौहान, छोटेलाल प्रसाद यादव नगर अध्यक्ष रहबर अंसारी लगायतका नेता कार्यकर्ताहरुको सहभाaगिता थियो। कार्यक्रममा संगठन विस्तारलाई गाउँ–गाउँ र वडा–वडासम्म पुर्‍याउन अब सबै मिलेर लाग्नुपर्नेमा वक्ता नेताहरुको जोड छ।

यसैवीच अनेरास्ववियु पर्साको आयोजनामा रक्त संचार केन्द्र वीरगंजमा आज भएको आकस्मिक रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

२५ औं जनयुद्ध दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरबिन्द सिंह, अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम, प्रदिप गुप्ता, अजय साह, दिपक पटेल, हेमन्त तमांग, शिवजी गुप्ता, प्रविन यादव, मिरोज आलम लगायकाले रक्तदान गरेका हुन् ।

अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जिल्ला उपाध्यक्ष मित्रदेव यादव, भोलन्टियर समुहका संयोजक राजन श्रीवस्तव लगायतको उपस्थिती रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.