logo

बिविध कार्यक्रम गरि पर्सामा  मनाइयो जनयुद्ध दिवस

      2/13/2020 गते 00 00 मा प्रकाशित     816   पटक पढिएको

बीरगंज १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पर्साले पनि २५ औं जनयुद्ध दिवस मनाएको छ। पर्साको मनमोहनगर रामगढवामा रहेको नेकपाको आफ्नै पार्टी कार्यालय नेकपा पर्साले पनि जनयुद्ध दिवस मनाएको हो।

 

जनयुद्ध दिवस मनाउने क्रममा पार्टीका स्थानीय नेता कार्यकर्ताहरु सहभागी भए। सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले नेकपा पार्टी नेता तथा कार्यकर्तालाई  अब संगठन सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिनु भयो ।

 

उहाँले पार्टीका नेता कार्यकर्ता एक हुनु पर्ने चर्चा गर्दै एक हुदा मात्र पार्टी स्थापित हुने बताउनु भयो ।  प्रदेश २ मा सबै जिल्लाभन्दा सशक्त नेता कार्यकर्ता रहेको पर्सामा अब संगठित रुपमा अगाडि बढ्नुपर्ने  उहाँले बताउनु भयो।

 

नेकपा पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी नेताहरू बालगोपाल थापा, विचारी यादव, प्रद्युमन चौहान, छोटेलाल प्रसाद यादव नगर अध्यक्ष रहबर अंसारी लगायतका नेता कार्यकर्ताहरुको सहभाaगिता थियो। कार्यक्रममा संगठन विस्तारलाई गाउँ–गाउँ र वडा–वडासम्म पुर्‍याउन अब सबै मिलेर लाग्नुपर्नेमा वक्ता नेताहरुको जोड छ।

यसैवीच अनेरास्ववियु पर्साको आयोजनामा रक्त संचार केन्द्र वीरगंजमा आज भएको आकस्मिक रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।

२५ औं जनयुद्ध दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरबिन्द सिंह, अनेरास्ववियुका केन्द्रिय सदस्य जुबेर आलम, प्रदिप गुप्ता, अजय साह, दिपक पटेल, हेमन्त तमांग, शिवजी गुप्ता, प्रविन यादव, मिरोज आलम लगायकाले रक्तदान गरेका हुन् ।

अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जिल्ला उपाध्यक्ष मित्रदेव यादव, भोलन्टियर समुहका संयोजक राजन श्रीवस्तव लगायतको उपस्थिती रहेको थियो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.