logo

इमान्दारीतामा प्रश्न उठाउने दिन नदिने वाचा गर्छुः प्रहरी उपरिक्षक पन्त

      2/14/2020 गते 00 00 मा प्रकाशित     1499   पटक पढिएको

वीरगंज, २ फाल्गुन । पर्सामा भर्खरै आउनु भएकी प्रहरी उपरिक्षक गंगा पन्तले जिल्लामा अपराध नियन्त्रण, शान्ति सुरक्षा स्थापति गर्ने पर्सा प्रहरीको मुख्य काम रहने बताउनुभएको छ ।

पर्साको ्रप्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेको आज ९ औ दिनमा पर्साका संचारकर्मीहरुसंग अन्तरक्रिया गर्ने क्रममा उहाँले यसतो बताउनु भएको हो ।

 

लामो खुला सीमाका कारण अपराध नियन्त्रणको बिषय पर्सा जिल्लामा आफैमा चुनौतीपूर्ण रहेको बताउदै उपररिक्षक पन्तले आफनो समुह यो चुनौतीलाई सामना गर्दै नागरिकलाई शान्तिपूर्ण वतावरण दिन अहोरात्र क्रियाशिल रहने बताउनु भयो  ।उहाँले  कर्मचारी संयन्त्र भित्रको शुद्धिकरणलाई पनि बिशेष रुपमा चर्चा गर्दै भन्नु भयो “आन्तरिक शद्धीकरणमा पनि मेरो ध्यान रहने छ । 


उहाँले प्रहरीले मात्र चाहेर अपराध मुक्त समाजको परिकल्पना गर्न नसकिने भएकोले यसमा सबैको साथ र सहयोगले मात्र  शान्ति अमन चयन कायम गर्न सकिने  बिश्वास ब्यक्त गर्नु भयो । प्रहरी संगठनको परिभाषित काम नै आफनो काम हुने भन्दै उहाँले काम गर्ने तौर तरिकामा केही फरक हुन सक्ने प्रष्ट पार्नु भयोे ।

 

थुनुवा कक्ष भरियोस भन्ने आफनो उद्धेश्य नरहेको बताउदै उपरिक्षक पन्तले भन्नु भयो “ आफनो कार्यकालमा थुनुवा कक्ष खाली भएको देख्न चाहन्छु,” ।

समस्यामा परेका मान्छेहरु एक्लै जिल्ला प्रहरी कार्यालयमा आउने वतावरण नभएको नोटीस गरेको चर्चा गर्दै उपरिक्षक पन्तले पीडितले प्रहरीलाई आफनो ठानेर भरोसा गर्ने वतावरण बनाउनेमा आफनो ध्यान जाने स्पष्ट पार्नु भयो । 

खुला सिमाको कारण हुने अवैध माल समानको भन्सार चोरी तस्करी र अपराध नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने भन्दै उपरिक्षक पन्तले आफनो तर्फबाट पूर्ण इमान्दारीता पूर्वक काम गर्ने वाचा ब्यक्त गर्नु भयो । उहाँले इमान्दारीतामा प्रश्न उठने ठाउ दिने छैन यो तपाईहरुका अगाडि मेरो वाचा मात्र हैन दवा समेत हो भन्नु भयो । 


सादा पोशाकमा खटिने घुमुवाहरूले तस्करूलाई सहयोग गरिरहेको सञ्चारकर्मीको प्रश्नमा एसपी पन्तले अपराधीक गतिविधि नियन्त्रण भन्दा अन्य कुनै काममा सादा पोशाकमा प्रहरी नखटिने दावी समेत गर्नु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.