logo

दश बूंदे घोषणापत्र जारी गर्दै प्रेस संगठन बाराको प्रथम जिल्ला भेला सम्पन्न

      2/15/2020 गते 00 00 मा प्रकाशित     770   पटक पढिएको

बीरगंज ३ फाल्गुण । 
प्रेस सगठन नेपाल बाराको पहिलो जिल्ला भेला १० बुदे घोषणा पत्र जारी गर्दै आज कोल्भिमा सम्प्पन्न भएको छ । भेलाले नेपाली जनता र आन्दोलनको आवश्यकताका आधारमा दुई ठुला कम्युनिष्ट पार्टीको एकता हुनुलाई महत्व दिदै उकता प्रक्रियाको सवलीकरणकालागि सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ । 


राष्ट्रीय बिकासकोलागि गौरवको आयोजनाको रुपमा रहेको र नेपालको बिकासको प्रस्थान बिन्दु निजगढको अन्तराष्ट्रिय बिमानस्थmल, फास्टट्रयाक ,पथलैया बीरगंज ब्यापारीक राजमार्ग  र सेज जस्ता पूर्वाधार निर्माण छिटो गर्न समेत भेलाले माँग गरेको छ । 

नेकपा केन्द्रिय कमिटी सदस्य बलवीर चौधरीको  प्रमुख आतिथ्यतामा भएको सो कर्यक्रमम नेकपा केन्द्रिय कमिटी सदस्य अच्यूत  मैनाली, दिनेश राई, पुर्वमन्त्री पुरुषोत्तम पौदेल, जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, कोल्भी नपाका प्रमुख भरत भन्डारी , नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने, नेकपा प्रदेस २ कमिटी सदस्य कल्यानी चौधरीलगायतले भेला सफलताकोलागि शुभकामना दिनु भएको थियो ।

 सगठनका बारा सयोजक दिवाकर भन्डारीको अध्यक्षतामा भएको सो कर्यक्रममा सगठनका उपाध्यक्ष रामबाबु मेहताले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रदेस कमिटी सदस्य मनिता पाण्डेले कर्यक्रम सन्चालन गर्नु भएको थियो ।


कार्यक्रममा प्रेस संगठन बारा जिल्ला कमिटीका सदस्यहरुलाई नकेपाका नेता बलवीर चौधरीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.