बीरगंज ३ फाल्गुण ।
कृपा दैनिकको १९ औ बार्षिकोत्सबको अवसरमा बाराका पत्रकार गम्भिरा सहनी र दिवाकर भण्डारीलाई उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट सयुक्तरुपमा पुरस्कृत गरिएको छ ।
त्यसैगरि अर्का पत्रकार अनिल गौरवलाइ चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कोल्भीमा आयोजना गरिएको पुरस्कार बितरण समारोहमा पुर्वमन्त्री एवं नेकपाका नेता पुरुषोत्तम पौडेलले उहाहरुलाइ पुरस्कार र प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारको रासी ५० हजार र चन्द्रप्रसाद पत्रकारिता पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।
कृपा दैनीकको वार्षिकोत्सवको अवसरमा बितरण गरिएको पुरस्कारले श्रमजीवी पत्रकारहरुलाई आफनो पेशा प्रति लगाव बढने पूवंमंत्री पौडेलले बताउनु भयो ।
उहाँले पुरस्कार बितरणकोलागि योग्य पात्रको चयन गरिएको भन्दै यस्तो संस्कृतिले निष्ठाको पत्रकारितालाई टेवा दिने बताउनु भयो ।
कार्यक्रममा नेकपाका नेताहरु बलवीर चौधरी ,दिनेश राई , जिल्ला अध्यक्ष अनिल श्रेष्ठ, केवल चौधरी ,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने नेपाल आदीवासी जनजाती पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष लक्की चौधरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सभाका सदस्यहरु सुन्दर बिश्वकर्मा, सीता गुरुङ फोनीजका प्रदेश २ का इन्चार्ज निरज पिठाकोटे मगर लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया