logo

रामपुर टोकनीको करोडौ पर्ने जग्गा किर्ते गरेर दर्ता गर्ने पाण्डे सहित ७ जना फक्राउ

      2/18/2020 गते 00 00 मा प्रकाशित     888   पटक पढिएको


सीमरा ६ फागुन ।
बाराको जीतपुर सीमरा उपमहानगरपालिकाको वडा नं २३ को सार्वजनीक ऐलानी जग्गा ब्यक्तिको नाममा दर्ता गर्नकालागि सरकारी कागज छाप र दस्तखत किर्ते गर्नेहरुलाई  बारा प्रहरीले गिरफ्तार गरेको छ । 


सरकारी कागज, छाप र दस्तखत किर्ते गरी सार्वजनिक जग्गा हडप्न खोज्ने क्रममा बारा प्रहरीले सर्वोच्च अदालतका निबर्तमान सुब्बा सहित सात जनालाई पक्राउ गरेको हो।पक्राउ परेका सर्वोच्चका निवर्तमान सुब्बा सहितका सातै जनालाइ प्रहरीले म्याद थप गरी सरकारी काजग किर्ते मुद्दामा कार्यवाही चलाएको छ । ईलाका प्रहरी कार्यालय बारा सिमराले आज पत्रकार सम्मेलन गरी सरकारी कागजपत्र किर्ते गर्ने सर्वोच्चका निर्वतमान कर्मचारी  नेपाली सहित ७ जनालाई  सार्वजनिक गरेको हो ।


अनुसन्धानको प्रक्रियामा रहेको बारा जितपुर सिमरा वडा नम्बर २३ को साविक कित्ता नम्बर ६१ को एक बिगहा १० कठ्ठा सार्वजनिक जग्गा काठमाण्डौ निवासी प्रधुम्नराज पाण्डेको नाममा दर्ता गर्न सर्वोच्च अदालतको अभिलेख शाखाको कागज किर्ते गरेको अभियोगमा प्रहरीले सर्वोच्च अदालतका निबर्तमान नायब सुब्बा हस्तबहादुर नेपालीलाई पक्राउ गरेको हो ।


सोही कार्यमा संलग्न बारा महागढिमाई नगरपालिका वडा नं ८ का  वोहाव अन्सारी, बारा कलैयाका  प्रह्लाद प्रसाद रेग्मी र कैलाली जिल्ला गोदावरी नगरपालिकाका  चन्द्र बहादुर सिंहलाई समेत प्रहरीले पक्राउ गरेको छ। चारै जनाको मिलेमतामो सर्वोच्च अदालतको कागज किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रहरीको भनाई छ ।


पथलैया–विरगञ्ज औधोगिक करिडोरको मुल सडकसँग जोडिएको  बाराको करोडौ मुल्य पर्ने   सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गराउन दुषित कार्य गर्दैआएको प्रद्युम्नराज पाण्डेले सर्वोच्च अदालतकै कर्मचारीलाई समेत प्रभावमा पारी बाराको बिभिन्न स्थानको २० बिगाहा  जग्गा आफ्नो नाममा दर्ता  गराईसकेका छन् ।


साथै सरकारी कागज र छाप किर्ते गरी जितपुर सिमरा वडा नम्बर २ स्थित ज्ञानेश्वरी थपलियाको नाममा रहेका  जग्गा बेचबिखन गरेको  अर्को मुद्दामा प्रहरीले पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं १८ का बलराम रौनियार, पर्सा बहुदरमाई नगरपालिका २ बस्ने सलिम मियाँ र  सोही ठेगाना बस्ने  अर्का सुनिल कुमार यादवलाई समेत यस अघीनै पक्राउ गरिसकेको छ  ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनी,इलाका प्रहरी कार्यालय सिमराका प्रमुख गोविन्द पुरी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्र लगायतको  सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.