logo

बिहारीलाल लाठको योगदानको स्मरण, लाठ कर्मवीर सम्मानबाट रामरहिम सम्मानीत

      2/18/2020 गते 00 00 मा प्रकाशित     1231   पटक पढिएको

बीरगंज ६ फाल्गुण ।
 रिलीफ सोसाइटी आफ कर्मशाका संस्थापक महासभिव एवं पूर्व अध्यक्ष स्व. बिहारीलाल लाठको आठौ स्मृति दिवसको अवसर पारेर समाजमा बिभिन्न क्षेत्रमा योगदान पु¥याउनु भएका ब्यक्तित्वहरुलाई बिहारी लाठ कर्मवीर सम्मान प्रदन गरिएको छ ।

 

रिलीफका अध्यक्ष  अशोक लाठका सभापतित्वमा भएको कार्यक्रममा शिक्षा र समाजसेवामा योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरिएको हो । 


बाराको कलैयामा राम रहिमका नामले परिचित जंगवहादुर यादव र म.सागिर र शिक्षा क्षेत्रमा योगदान पु¥याउनु भएका पर्साको झौवागुठीको बिद्यालयमा अध्यापनरत शिक्षक सुकदेव चारसियलाई सम्मान प्रदान गरिएको हो ।

झौवागुठीको राराचौरसिया माविको कक्षा पाँचका कक्षा शिक्षक रहनु भएका चौरसियाले कक्षालाई नमुनाको रुपमा बिकास गर्नु भएको छ ।

 

नमुना कक्षाका रुपमा नयाँ प्रयोग गर्नु भएका चौरसियाले बिद्यार्थी कक्षामा अनुपस्थित हुदा आफै अभिभावककोमा पुग्ने गर्नु भएको छ ।

 

बिद्यार्थीलाई शिक्षा र कक्षामा निरन्तर टिकार्य राख्न उहाँले सृजनात्मक भूमिका निर्वाह गर्दै आउनु भएकोले सोसाइटीले उहाँलाई सम्मान गरेको हो ।

 

त्यसैगरि बाराको कलैयामा सामाजिक सेवामा क्रियाशिल ७६ वर्षिय रामरहिमलाई सेवानिवृत जीवनलाई दीन दुःखीको सेवामा लगाएको र समाजमा धर्मका नाममा हुने अशान्ति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोले स्व.बिहारीलाल लाठ कर्मवीर सम्मानले सम्मान गरिएको सोसाइटीका सल्लाहकार गणेश लाठले जानकारी दिनु भयो । बीरगंज उधोग वािणज्यसंघका पूर्व अध्यक्ष अशोक बैद्यले तीने जना कर्मवीरलाई सम्मान पत्र र दोसल्ला लगाएर सम्मान गर्नु भएको थियो । 


कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, पाठशालाका अध्यक्ष बालगोपाल थापा,नेपाल पत्रकार महासंघ पर्साक अध्यक्ष श्याम बन्जारा राजपा सह महासचिव नेजनुमदिन समानी लगाएतले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो ।

 

 

कार्यक्रममा राधादेवी बृजलाल लाठ ट्रष्टको सौजन्यमा बारा पर्साका १५ जना उद्यमी महिलाहरुलाई सिलाई कटाई मेशीन बितरण गरिएको थियो । उद्यमशीलताको बिकासकोलागि मेशीन बितरण गरेको गणेश लाठले बताउनु भयो । स्वरोजगारका माध्यमले आर्थिक रुपमा महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुगोश भन्ने ट्रष्टको आकांक्षा रहेको उहााले बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.