logo

प्रजातन्त्र दिवसका अवसरमा निर्वाचनका बिषयमा छलफल सम्पन्न

      2/19/2020 गते 00 00 मा प्रकाशित     999   पटक पढिएको

बीरगंज ७ फाल्गुण । 
बीरगंजमा ७० औ प्रजातन्त्र दिवसको अवसरमा भब्य कार्यक्रम सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा  बीरगंजको घण्टाघरबाट निस्किएको ¥याली जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

 

जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सम्बन्धी गातिविधिका बारेमा जानकारी गराएको थियो । चौथो निर्वाचन दिवसको अवसर पारेर निर्वाचनमा सरोकारवालाहरुको भूमिकाको बिषयमा चर्चा गरिएको थियो ।

 

सरोकारवालाको भूमिकाको बिषयमा चर्चा चलाइएको भएपनि मतदाता शिक्षा र सचेतना जगाउने संस्थाहरुलाई भने कार्यक्रममा सहभागि गराइएको थिएन । राजनीतिक दल र प्रशासकहरुको सहभागिता रहेको सो कार्यक्रममा मतदाताको पक्षमा  बहस र पैरवी गर्नेहरुलाई सहभागि नगराएर आयोजकहरुले कार्यक्रमकालागि कार्यक्रम गरेको सभागिहरुले टिप्पणी गरेका थिए । 


कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभू हजरा, नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी सपाका जिल्ला अध्यक्ष रामनरेश यादव  पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कार्की  जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने लगायतले आफना बिचार राख्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.