logo

विकासका कामलाई राजनीतिक आग्रहमा प्रभावित नगरौंः मन्त्री विश्वकर्मा 

      2/20/2020 गते 00 00 मा प्रकाशित     1164   पटक पढिएको

वीरगन्ज, ८ फागुन । 
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विकासलाई कुनै पनि राजनीतिक आग्रह र दृष्किोणबाट प्रभावित पार्न नहुने बताउनु भएको छ  ।

 

वीरगन्जको खेलकुदका लागि ऐतिहासिक धरोहरको रुपमा रहेको नारायणी रंगशालामा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको शिलान्यासपछि बोल्दै खेलकुद मन्त्री विश्वकर्माले वीरगन्जमा अन्तराष्ट्रिय स्तरको पूर्वाधारको रुपमा रहेको नारायणी रंगशालालाई संरक्षण र सम्वद्र्धन गर्न स्थानीय स्तरका सबै राजनीतिक दल, स्थानीय सरकार र जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनु भयो  ।

 

शिलान्यास कार्यक्रममा पर्साका जनप्रतिनिधिहरु कसैको पनि उपस्थिति नदेखेपछि मन्त्री विश्वकर्माले वीरगन्जको सम्पत्ति संरक्षणमा स्थानीयको चासो हुन आवश्यक भएको बताउनु भयो  । उहाँले भन्नु भयो , “विकासका लागि ज–जसले जे भूमिका खेल्न सक्छौ, हामी सबैले तदनुरुपको भूमिका खेल्न आवश्यक छ । अहिले विनियोजन गरेको बजेट र टेण्डर गरिएको बजेटले मात्रै नारायणी रंगशाला निर्माण सम्पन्न नहुने भन्दै त्यसको लागि बजेट अभाव हुन नदिन सबैपक्षको भूमिका महत्वपूर्ण हुन्छ ।

 

काम भईरहेको छ की छैन ? भएको छैन भने किन भएन । समयमा सम्पन्न गर्न कामको गति कस्तो छ । सबैलै अनुगमन गर्नुपर्छ । हामी सबै मिलेर मात्रै विकासको अभिभारा पूरा गर्न गुणस्तरीय र पारदर्शी पूर्वाधार निर्माण गर्ने अठोट लिऔं ।” सबै मिलेर मात्रै विकासको अभिभारा पूरा गर्न सक्ने बताउदै मन्त्री विश्वकर्माले कसैको एक्लो बहादुरी र वीरताले सम्भव नहुने बताउनु भयो ।

 

तीन तहको सरकारबीच आपसी सहकार्य र समन्वयमा नै विकासका कामलाई तीव्र रुपमा अगाडि बढाउन सक्ने उहाँको भनाई छ  । स्थानीय तहका जनप्रतिनिधिहरुलाई नदेखेपछि मन्त्री विश्वकर्माले रंगशाला भएको वडा, महानगर, प्रदेश र संघीय संसदको समेत उपस्थिति नहुँदा अस्वभाविक लागेको बताउनु भयो ।

 

वीरगन्जको ऐतिहासिक रंगशाला ओझेलमा नपरोस भन्ने सबैको चिन्ता र चासो रहेको बताउदै उहाले  संसारका विकसित देशका सबै नागरिक र राजनीतिक शक्तिको साझा संकल्पले नै राष्ट्र निर्माण भएको उदाहरण रहेको बताउनु भयो । प्रदेश सरकारले जनकपुरमा प्रादेशिक रंगशाला निर्माणका लागि ५ करोड विनियोजन गरेपनि वीरगन्जको नारायणी रंगशालालाई पुनर्निर्माण र कभर्ड हल निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले ७ करोड रुपैयाँ निकासा गरेको छ ।

 

५ करोड रुपैयाँ रंगशालाको प्याराफिट निर्माण र २ करोड रुपैयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि खर्चिने तय भएको छ । मध्यमाञ्चल खेलकुद विकास समिति कार्यालय प्रमुख ज्याउल इस्लामका अनुसार रंगशालाको दक्षिण–पश्चिम कुनामा बहुउद्देश्यीय कभर्ड हल निर्माण थालिएको छ । प्याराफिट निर्माणका लागि बोलपत्र आह्वान भई सम्झौता हुने प्रक्रियामा रहेको छ ।

 

कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, कराँते, तेक्वान्डो, जुडो, बक्सिङ लगायतका सम्पूर्ण ‘इन्डोर’ खेल खेल्न सकिने छ । देशभर नै खेलकुदका संरचनाहरु नरहेको अवस्थामा अहिले सरकारले प्रदेश प्रदेशमा प्रादेशिक रंगशाला र जिल्ला जिल्लामा खेलकुदको पूर्वाधारलाई प्रथामिकतामा राखेको मन्त्री विश्वकर्माले बताउनु भयो । नेकपाको सरकार आएपछि छोटो समयमा खेलकुदका पूर्वाधार संरचनाको विकास र खेलाडीहरुका लागि पनि प्रोत्साहन स्वरुप मासिक पारिश्रमिकको पनि व्यावस्था गरेको उहााले बताउनु भयो  ।

 

मध्यमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको कार्यालयका प्रमुख महम्मद ज्याउल इस्लामको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, निर्मला देवकोटा,नेकपा पर्साका अध्यक्ष प्रभू हजरा,नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमद  जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । भारोतोलनका प्रशिक्षक प्रदीप श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको संचालन भने पत्रकार के.सी.लामिछानेले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.