logo

विकासका कामलाई राजनीतिक आग्रहमा प्रभावित नगरौंः मन्त्री विश्वकर्मा 

      2/20/2020 गते 00 00 मा प्रकाशित     1001   पटक पढिएको

वीरगन्ज, ८ फागुन । 
युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विकासलाई कुनै पनि राजनीतिक आग्रह र दृष्किोणबाट प्रभावित पार्न नहुने बताउनु भएको छ  ।

 

वीरगन्जको खेलकुदका लागि ऐतिहासिक धरोहरको रुपमा रहेको नारायणी रंगशालामा निर्माण हुन लागेको बहुउद्देश्यीय कभर्ड हलको शिलान्यासपछि बोल्दै खेलकुद मन्त्री विश्वकर्माले वीरगन्जमा अन्तराष्ट्रिय स्तरको पूर्वाधारको रुपमा रहेको नारायणी रंगशालालाई संरक्षण र सम्वद्र्धन गर्न स्थानीय स्तरका सबै राजनीतिक दल, स्थानीय सरकार र जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनु भयो  ।

 

शिलान्यास कार्यक्रममा पर्साका जनप्रतिनिधिहरु कसैको पनि उपस्थिति नदेखेपछि मन्त्री विश्वकर्माले वीरगन्जको सम्पत्ति संरक्षणमा स्थानीयको चासो हुन आवश्यक भएको बताउनु भयो  । उहाँले भन्नु भयो , “विकासका लागि ज–जसले जे भूमिका खेल्न सक्छौ, हामी सबैले तदनुरुपको भूमिका खेल्न आवश्यक छ । अहिले विनियोजन गरेको बजेट र टेण्डर गरिएको बजेटले मात्रै नारायणी रंगशाला निर्माण सम्पन्न नहुने भन्दै त्यसको लागि बजेट अभाव हुन नदिन सबैपक्षको भूमिका महत्वपूर्ण हुन्छ ।

 

काम भईरहेको छ की छैन ? भएको छैन भने किन भएन । समयमा सम्पन्न गर्न कामको गति कस्तो छ । सबैलै अनुगमन गर्नुपर्छ । हामी सबै मिलेर मात्रै विकासको अभिभारा पूरा गर्न गुणस्तरीय र पारदर्शी पूर्वाधार निर्माण गर्ने अठोट लिऔं ।” सबै मिलेर मात्रै विकासको अभिभारा पूरा गर्न सक्ने बताउदै मन्त्री विश्वकर्माले कसैको एक्लो बहादुरी र वीरताले सम्भव नहुने बताउनु भयो ।

 

तीन तहको सरकारबीच आपसी सहकार्य र समन्वयमा नै विकासका कामलाई तीव्र रुपमा अगाडि बढाउन सक्ने उहाँको भनाई छ  । स्थानीय तहका जनप्रतिनिधिहरुलाई नदेखेपछि मन्त्री विश्वकर्माले रंगशाला भएको वडा, महानगर, प्रदेश र संघीय संसदको समेत उपस्थिति नहुँदा अस्वभाविक लागेको बताउनु भयो ।

 

वीरगन्जको ऐतिहासिक रंगशाला ओझेलमा नपरोस भन्ने सबैको चिन्ता र चासो रहेको बताउदै उहाले  संसारका विकसित देशका सबै नागरिक र राजनीतिक शक्तिको साझा संकल्पले नै राष्ट्र निर्माण भएको उदाहरण रहेको बताउनु भयो । प्रदेश सरकारले जनकपुरमा प्रादेशिक रंगशाला निर्माणका लागि ५ करोड विनियोजन गरेपनि वीरगन्जको नारायणी रंगशालालाई पुनर्निर्माण र कभर्ड हल निर्माणका लागि चालू आर्थिक वर्षमा संघीय सरकारले ७ करोड रुपैयाँ निकासा गरेको छ ।

 

५ करोड रुपैयाँ रंगशालाको प्याराफिट निर्माण र २ करोड रुपैयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि खर्चिने तय भएको छ । मध्यमाञ्चल खेलकुद विकास समिति कार्यालय प्रमुख ज्याउल इस्लामका अनुसार रंगशालाको दक्षिण–पश्चिम कुनामा बहुउद्देश्यीय कभर्ड हल निर्माण थालिएको छ । प्याराफिट निर्माणका लागि बोलपत्र आह्वान भई सम्झौता हुने प्रक्रियामा रहेको छ ।

 

कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, कराँते, तेक्वान्डो, जुडो, बक्सिङ लगायतका सम्पूर्ण ‘इन्डोर’ खेल खेल्न सकिने छ । देशभर नै खेलकुदका संरचनाहरु नरहेको अवस्थामा अहिले सरकारले प्रदेश प्रदेशमा प्रादेशिक रंगशाला र जिल्ला जिल्लामा खेलकुदको पूर्वाधारलाई प्रथामिकतामा राखेको मन्त्री विश्वकर्माले बताउनु भयो । नेकपाको सरकार आएपछि छोटो समयमा खेलकुदका पूर्वाधार संरचनाको विकास र खेलाडीहरुका लागि पनि प्रोत्साहन स्वरुप मासिक पारिश्रमिकको पनि व्यावस्था गरेको उहााले बताउनु भयो  ।

 

मध्यमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिको कार्यालयका प्रमुख महम्मद ज्याउल इस्लामको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, निर्मला देवकोटा,नेकपा पर्साका अध्यक्ष प्रभू हजरा,नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी,समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमद  जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । भारोतोलनका प्रशिक्षक प्रदीप श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको संचालन भने पत्रकार के.सी.लामिछानेले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

महासेठ दम्पती पत्रकार सामु, भने जनकपुरको बिकासका बाधक नीधि हुन

जनकपुरधाम ।नेकपा एमालेका सचिव बिदेश बिभाग प्रमुख एवं पूर्व उपप्रधानमन्त्री रघुविर महासेठले नेपाली कांग्रेसका नेता बिमलेन्द्र नीधि बिकास बिरोधी भएको बताएका छन ।

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.